४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा सडक निर्माणको विवादप्रति प्रशासनको चासो

१८ कार्तिक २०७३, बिहीबार १४:२६

भगिरथ अवस्थि । कात्तिक १८, बैतडी | बैतडीको शंकरपुरमा सडक निर्माणको बिषयलाई लिएर भएको विवादमा स्थानीय प्रशासनले चासो देखाएको छ ।

सडक निर्माण कार्य अवरुद्ध गर्ने गरेर बीच सडकमा स्काभेटर राखेको बिषयमा आफ्नो ध्यानाकर्षण भएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शंकरपुरका वडा नं ६,७,८,९,१ र २ का स्थानीय बासिन्दाहरुले दिएको निवेदन अनुसार सडक अवरुद्ध गर्ने हिसाबले राखिएको स्काभेटर हटाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो । सडक निर्माणका बेला शंकरपुर स्वास्थ्यचौकीमा सडक पुर्याउने सहमति विपरीत सडक निर्माणको काम भएकाले त्यो क्षेत्रका स्थानीयहरुले अलगै तदर्थ समिति गठन गरेर सडक निर्माण कार्य शुरु गरेका थिए । तर भगीरथ कुवरको नेतृत्वमा रहेको समितिले बीचबाटोमा स्काभेटर राखेर अवरोध गरेपछि स्थानीय बासिन्दाहरुले त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । 

यस अघि पटक पटक धुलिधार तथा शंकरपुर स्वासथ्यचौकीलाई जोड्ने हिसाबले निर्णय गरिएको भएपनि त्यो अनुसार सडक निर्माण नगरेकाले अर्को तदर्थ समिति गठन गरेर सडक निर्माण कार्य शुरु गरिएको मौरभटौन्या शंकरपुर स्वासथ्यचौकी सडक निर्माण तदर्थ समितिका अध्यक्ष भीमदत्त अवस्थीले जानकारी दिनुभयो । आफूहरुले चन्दा उठाएर सडक निर्माण गर्नै लाग्दा बीचबाटोमा स्काभेटर राखेर सडक अवरुद्ध गरेको उहाँले बताउनुभयो । गएको आर्थिक बर्षमा जिल्ला विकास समितिको २९ लाखको लागतमा सडक निर्माणको कार्य शुरु गरिएको थियो । सडक निर्माण गर्ने बेलामा सडक निर्माण समितिका अध्यक्ष भगीरथ कुवरले धुलिधारको गडान हुँदै खर्काधार, शंकरपुर स्वास्थ्यचौकी हुँदै शंकर संस्कृत माविमा सडक पुर्याउने बचन दिएको भएपनि त्यसको विपरीत सडक निर्माण गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । शंकरपुर गाविसको वडा नं ९ धुलिधारलाई पटक पटक शंकरपुर टाँठाबाँठाहरुले ठगेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिनुभयो । बीचबाटोमा राखेको स्काभेटर नहाटए वैकल्पिक उपायका साथ शंकरपुर स्वासथ्यचौकीमा सडक पुर्याएर छाड्ने स्थानीय बासिन्दाले प्रतिबद्धता जनाएका छन् । यसका लागि ११ लाख ९० हजार चन्दा संकलन भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना