४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागरिकले तयार पारे गाँउपालिकाको खाका

१८ कार्तिक २०७३, बिहीबार १४:३३

नन्दराम जैशी | कात्तिक १८, जुम्ला | जुम्ला गोठीचौर ९ मुडुरीबासीले अब बन्ने नँया गाँउपालिकाको खाकामा तयार पारेका छन् । जिल्लाको गज्र्याङकोट, देपालगाँउ र गोठीचौर गाविसलाइ मिलाएर बन्ने नयाँ गाउँ पालिकाको खाका मुडुरीबासीले तयार पारेका हुन् । गाँउपालिकाको केन्द्र गज्र्याङकोट रहेनेगरी बन्न लागेको गोठीचौर गाँउपालिका आफ्नो लागि उपयुक्त नभएको भन्दै गाँउ पालिकाको  खाका तयार गरेको मुडुरीबासीले निर्णय गरेका छन् । 

उक्त निर्णयमा मुडुरीबासीले गज्र्याङकोटमा आएर सेवा लिनु भन्दा आफ्नो गाँउका लागि डिल्लीचौर गाविसमा गएर सेवा लिन सहज भएको भन्दै नयाँ गाउँ पालिकामा मुडुरी गाउलाई पातारासी गाँउ पालिका भित्र समाबेश गर्न उनीहरुले माग गरेका छन् । मुडुरीबाट गज्र्याङकोटमा आएर सेवा लिन सडक संजाल नजोडिएकाले समय धेरै लाग्ने र पहिलेदेखि नै आफुहरुलाई पाएक नपर्ने भएकाले गोठीचौर गाँउपालिका आफुहरुले अविस्कार गरेको मुडुरीका युवा कर्ण बहादुर एैडिले बताउनुभयो । 

आफ्नो माग सम्बोधन नभए शान्ति पुर्ण आन्दोलन गर्ने र सम्बन्धित निकायलाई बाराम्बार झकझकाउने उहाँको भनाई रहेको छ । यता सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेले संघिय संरचना अनुसार जुम्लाका सबै गाँउपालिकाको खाका केन्द्रमा सिफारिस भैसकेकाले तत्काल माग सम्बोधन गर्न नसकिने भन्दै सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।     

जिल्लाको प्राविधिक समिति र राजनैतिक दलहरुसँग छलफल गरी गाँउपालिका भित्र मुडुरीगाँउको विकासका लागि उक्त गाँउलाई विशेष क्षेत्रका रुपमा राख्न सकिने उहाँको भनाइ रहेको छ । पहाडी क्षेत्र अन्र्तगत जुम्लामा पनि गाँउपािलकाको सिमाना निर्धारण गर्दा जनसंख्या मात्र नभइ भुगोललाई पनि आधार मानिएकाले जुम्लाको मुडरीगाँउलाइ गोठीचौर गाँउपालिका भित्र समाबेश गरिएको हो सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो । जुम्ला जिल्लालाई एक नगरपालिका र ७ गाउँपालिकामा सिफारिस गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ