२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागरिकले तयार पारे गाँउपालिकाको खाका

२०७३, १८ कार्तिक बिहीबार १४:३३

नन्दराम जैशी | कात्तिक १८, जुम्ला | जुम्ला गोठीचौर ९ मुडुरीबासीले अब बन्ने नँया गाँउपालिकाको खाकामा तयार पारेका छन् । जिल्लाको गज्र्याङकोट, देपालगाँउ र गोठीचौर गाविसलाइ मिलाएर बन्ने नयाँ गाउँ पालिकाको खाका मुडुरीबासीले तयार पारेका हुन् । गाँउपालिकाको केन्द्र गज्र्याङकोट रहेनेगरी बन्न लागेको गोठीचौर गाँउपालिका आफ्नो लागि उपयुक्त नभएको भन्दै गाँउ पालिकाको  खाका तयार गरेको मुडुरीबासीले निर्णय गरेका छन् । 

उक्त निर्णयमा मुडुरीबासीले गज्र्याङकोटमा आएर सेवा लिनु भन्दा आफ्नो गाँउका लागि डिल्लीचौर गाविसमा गएर सेवा लिन सहज भएको भन्दै नयाँ गाउँ पालिकामा मुडुरी गाउलाई पातारासी गाँउ पालिका भित्र समाबेश गर्न उनीहरुले माग गरेका छन् । मुडुरीबाट गज्र्याङकोटमा आएर सेवा लिन सडक संजाल नजोडिएकाले समय धेरै लाग्ने र पहिलेदेखि नै आफुहरुलाई पाएक नपर्ने भएकाले गोठीचौर गाँउपालिका आफुहरुले अविस्कार गरेको मुडुरीका युवा कर्ण बहादुर एैडिले बताउनुभयो । 

आफ्नो माग सम्बोधन नभए शान्ति पुर्ण आन्दोलन गर्ने र सम्बन्धित निकायलाई बाराम्बार झकझकाउने उहाँको भनाई रहेको छ । यता सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेले संघिय संरचना अनुसार जुम्लाका सबै गाँउपालिकाको खाका केन्द्रमा सिफारिस भैसकेकाले तत्काल माग सम्बोधन गर्न नसकिने भन्दै सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।     

जिल्लाको प्राविधिक समिति र राजनैतिक दलहरुसँग छलफल गरी गाँउपालिका भित्र मुडुरीगाँउको विकासका लागि उक्त गाँउलाई विशेष क्षेत्रका रुपमा राख्न सकिने उहाँको भनाइ रहेको छ । पहाडी क्षेत्र अन्र्तगत जुम्लामा पनि गाँउपािलकाको सिमाना निर्धारण गर्दा जनसंख्या मात्र नभइ भुगोललाई पनि आधार मानिएकाले जुम्लाको मुडरीगाँउलाइ गोठीचौर गाँउपालिका भित्र समाबेश गरिएको हो सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो । जुम्ला जिल्लालाई एक नगरपालिका र ७ गाउँपालिकामा सिफारिस गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति