२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय निकायको पुनः संरचनामा सहमति, चितवनमा सात तह निर्धारण

२१ कार्तिक २०७३, आईतवार ०१:१९

कार्तिक २१, चितवन । चितवन जिल्लाको स्थानीय निकाय पुनः संरचनामा लामो समयपछि सहमति जुटेको छ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिका अनुसार जिल्लामा सातवटा स्थानीय निकाय बनाउने गरी दलबीच सहमति भएको हो । 

शनिबार सो सहमतिलाई स्थानीय निकाय पुनः संरचना आयोगमा बुझाउने तयारी गरेको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । आयोगले चितवनमा बढीमा नौ प्रदेश हुने जनाएपछि पुनः छलफल गरी सहमति जुटाइएको हो । 

यसअघि झोरलाङ चेपाङ गाउँपालिकासमेत हुने गरी दुई तहको खाका तयार पारेर पेस गरिएकामा चारदेखि १२ वटा तह हुने गरी दलबाट आ–आफ्नै सुझाव पेस भएको थियो । अहिले पुनः छलफल गरेर स्थानीय निकायको टुङ्गो लगाइएको पोखरेलले बताउनुभयो । दलबीच भएको सहमतिअनुसार भरतपुर उपमहानगरमा चितवन र नारायणी नगरपालिका जोडेर महानगर बनाउने प्रस्ताव छ । 

यस्तै राप्ती नगरपालिकामा लोथर र कोराक तथा कालिका नगरपालिकामा सिद्धि गाविसलाई जोड्ने सहमतिमा उल्लेख छ । माडी, रत्ननगर र खैरहनी नगरपालिकालाई यथावत् राखिएको छ भने पहाडी गाविस काउले, दारेचोक, कविलास, चण्डिभञ्याङ, दाहखानी गाविस जोडेर नयाँ इच्छाकामना नगरपालिका थप गरिएको छ । 

यसअघि प्राविधिक सहमतिले चेपाङ स्वायत्त गाउँपालिका झोरलाङसहित जिल्लामा पाँच देखि सात स्थानीय निकाय बनाउने प्रस्ताव असफल भएकाले अब सन्दर्भ सामग्रीमा मात्रै रहेको समितिका संयोजक पोखरेलले बताउनुभयो । सो समयमा नेपाली काँग्रेसले १२ वटा स्थानीय तह बनाउनुपर्ने प्रस्ताव ल्याएकामा सबै बीच सहमति भएकाले अहिले आफूहरु पनि सात तहमा सहमति जनाएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिले काँग्रेस, माओवादी केन्द्र, राप्रपा र राप्रपा नेपालले १२ स्थानीय निकायको खाका प्रस्तुत गरेका थिए । 

नेकपा (एमाले)ले ६ तथा मालेले चार र जनशक्ति पार्टीले पाँच तहको खाका ल्याएको थियो । नेकपा ९माओवादी केन्द्र०का नेता घनश्याम दाहल अविनाशले पहिचानसहितको स्थानीय निकाय पुनः संरचना गर्नुपर्ने मागसहित आफूहरुले पनि समग्रतामा सात स्थानीय निकायमा सहमति जनाएको बताउनुभयो । 

नेकपा ९एमाले० चितवनका अध्यक्ष जेएन थपलियाले जिल्लास्तरबाट सबै दलको सहमति आएकाले आफूहरुले ६ तहको खाका बनाए पनि सातमा सहमति जनाएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…