कार्तिक २१ पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् । देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २१ पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् । देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ प"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१० बर्षमा बेरोजगार अन्त्य हुन्छ: मन्त्री जोशी

२१ कार्तिक २०७३, आईतवार ०५:०६

कार्तिक २१, पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् ।

देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको पत्रकार सम्मेलन तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आज हाम्रो मुलुक आर्थिक र सामाजिक दुबै तरिकाले जकडिएको छ , यस्तो अबस्थाबाट मुक्त गर्न सरकारले सबै प्रकारको कोसिस गरेको छ उनले भने । देशमा उद्योगव्यवसायी हरुलाई औद्योगिक क्षेत्रतर्फ उन्मुख गराउनको लागि पुराना उद्योगहरु खोल्ने तयारीमा सरकार रहेको समेत जोशीले बताए । पर्वतसँग आफ्नो पुरानो मित्रता रहेको भन्दै मन्त्रीले जिल्ला बिकासको लागि चाहिएको योजना लेखेर पेश गर्न उद्योग बाणीज्य संघलाई आग्रह गरे ।
जिल्लाको लप्सी प्रशोधनको लागि आफुले के गर्न पर्ने हो र के गरे जिल्लाको लप्सी प्रसोधन हुन्छ त्यसको बारेमा बुदाँगत रुपमा लेखेर मन्त्रालयमा पेश गर्नको लागि जोशीले आग्र्रह गरे । उनले भने मैले आफै सक्ने भए गर्छु नसक्ने जस्तो रहेछ भने क्याविनेट मिटिङमा पेश गर्छु पहिला तपाइहरुले जिल्लाको उद्योग विकासको खाका तयार पारि मलदाई दिनुहोस् ।
मन्त्री जोशीले पर्वत जिल्लामा राज्यले लगानी गर्नको लागि नचुक्ने तर राज्यले लगानी गरेको खण्डमा कति बेरोजगार युवाहरुलाई जिल्लाले रोजगारी दिनसक्छ त्यसको खाका समेत पेश गर्नको लागि आग्रह गरे ।   मन्त्रीले आफुअरु मन्त्री जस्तो गफ गर्ने मानिस नभएको भन्दै जिल्लाको औद्योगिक विकासको लागि आवश्यक खाका तयार पारि मन्त्रालयमा पेश गरे काम गर्ने बताए ।
आफु मन्त्री भएपछि बन्द भएका सरकारी उदोगहरु खोल्ने पहिलो प्रयास रहेको भन्दै पहिलो चरणमा सरकारले ठुला तिन वटा उद्योग संञ्चालन गर्ने र त्यसमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्ने बताए । सरकारको सँगै निजी क्षेत्रको पनि उद्योगमा लगानी रहने हो भने देशको बिकास गर्न समय नलाग्ने तर्क गर्दै मन्त्रीले अब उद्योगमा लगानी गर्न डराउन पर्ने स्थिति नभएको बताए ।

बाग्लुङ्ग कालिका मन्दीर दर्शन गर्न आएका बेला पर्वत छिरेका मन्त्री जोशीले पर्वत जिल्लाको बिकासको लागि ठोस योजना ल्याएमा आफुले हरेक तरिकाको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । आफ्नो कार्यकालमा धेरै गर्न नसके पनि प्रत्येक नेपालीको घरमा नेपाली कम्पनीले उत्पादन गरेको सिटामल र सामान्य औषधीहरु पुर्याउने लक्ष्य रहेको बताए । 

९ महिने सरकारको १० बर्षे योजना
मन्त्री भएपछि पहिलो पटक पर्वतमा आएका प्रचण्ड नेतृत्वको सरकारका मन्त्री नबिन्द्रराज जोशीले १० बर्षे योजना पेश गरे । आफुले सरकारको तर्फबाट उद्योगहरुको बिकासलाई प्राथमिकता दिएको भन्दै मन्त्री जोशीले १० बर्षमा सबै नेपालीलाई रोजगार युक्त बनाउन सकिने दाबि पनि गरे ।
देश अहिले रेमिटान्स्मा चलेको बताउँदै रेमिटान्स्सँगै नेपालमा बिकृती भित्रिएको दाबि मन्त्री जोशीको थियो । यदि ईमान्दार भएका काम गर्नेहो भने नेपालमा प्रायाप्त संभावना भएको भन्दै त्यसलाई आफुले जग हाल्ने कोसिस गरेको बताए ।
मन्त्री जोशीले भने म कति समय सरकारमा रहुला त्यो थाहा छैन तर म यो सरकारमा रहदा नेपालमा भुकम्पले पनि भत्काउन नसक्ने औघोगिक जग बसालेर छाड्ने दाबि गरे । पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रत्रमको संचालन महासचिव ठाकुर बि.पौडेलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…