कार्तिक २१ पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् । देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २१ पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् । देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ प"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१० बर्षमा बेरोजगार अन्त्य हुन्छ: मन्त्री जोशी

२०७३, २१ कार्तिक आईतवार ०५:०६

कार्तिक २१, पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् ।

देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको पत्रकार सम्मेलन तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आज हाम्रो मुलुक आर्थिक र सामाजिक दुबै तरिकाले जकडिएको छ , यस्तो अबस्थाबाट मुक्त गर्न सरकारले सबै प्रकारको कोसिस गरेको छ उनले भने । देशमा उद्योगव्यवसायी हरुलाई औद्योगिक क्षेत्रतर्फ उन्मुख गराउनको लागि पुराना उद्योगहरु खोल्ने तयारीमा सरकार रहेको समेत जोशीले बताए । पर्वतसँग आफ्नो पुरानो मित्रता रहेको भन्दै मन्त्रीले जिल्ला बिकासको लागि चाहिएको योजना लेखेर पेश गर्न उद्योग बाणीज्य संघलाई आग्रह गरे ।
जिल्लाको लप्सी प्रशोधनको लागि आफुले के गर्न पर्ने हो र के गरे जिल्लाको लप्सी प्रसोधन हुन्छ त्यसको बारेमा बुदाँगत रुपमा लेखेर मन्त्रालयमा पेश गर्नको लागि जोशीले आग्र्रह गरे । उनले भने मैले आफै सक्ने भए गर्छु नसक्ने जस्तो रहेछ भने क्याविनेट मिटिङमा पेश गर्छु पहिला तपाइहरुले जिल्लाको उद्योग विकासको खाका तयार पारि मलदाई दिनुहोस् ।
मन्त्री जोशीले पर्वत जिल्लामा राज्यले लगानी गर्नको लागि नचुक्ने तर राज्यले लगानी गरेको खण्डमा कति बेरोजगार युवाहरुलाई जिल्लाले रोजगारी दिनसक्छ त्यसको खाका समेत पेश गर्नको लागि आग्रह गरे ।   मन्त्रीले आफुअरु मन्त्री जस्तो गफ गर्ने मानिस नभएको भन्दै जिल्लाको औद्योगिक विकासको लागि आवश्यक खाका तयार पारि मन्त्रालयमा पेश गरे काम गर्ने बताए ।
आफु मन्त्री भएपछि बन्द भएका सरकारी उदोगहरु खोल्ने पहिलो प्रयास रहेको भन्दै पहिलो चरणमा सरकारले ठुला तिन वटा उद्योग संञ्चालन गर्ने र त्यसमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्ने बताए । सरकारको सँगै निजी क्षेत्रको पनि उद्योगमा लगानी रहने हो भने देशको बिकास गर्न समय नलाग्ने तर्क गर्दै मन्त्रीले अब उद्योगमा लगानी गर्न डराउन पर्ने स्थिति नभएको बताए ।

बाग्लुङ्ग कालिका मन्दीर दर्शन गर्न आएका बेला पर्वत छिरेका मन्त्री जोशीले पर्वत जिल्लाको बिकासको लागि ठोस योजना ल्याएमा आफुले हरेक तरिकाको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । आफ्नो कार्यकालमा धेरै गर्न नसके पनि प्रत्येक नेपालीको घरमा नेपाली कम्पनीले उत्पादन गरेको सिटामल र सामान्य औषधीहरु पुर्याउने लक्ष्य रहेको बताए । 

९ महिने सरकारको १० बर्षे योजना
मन्त्री भएपछि पहिलो पटक पर्वतमा आएका प्रचण्ड नेतृत्वको सरकारका मन्त्री नबिन्द्रराज जोशीले १० बर्षे योजना पेश गरे । आफुले सरकारको तर्फबाट उद्योगहरुको बिकासलाई प्राथमिकता दिएको भन्दै मन्त्री जोशीले १० बर्षमा सबै नेपालीलाई रोजगार युक्त बनाउन सकिने दाबि पनि गरे ।
देश अहिले रेमिटान्स्मा चलेको बताउँदै रेमिटान्स्सँगै नेपालमा बिकृती भित्रिएको दाबि मन्त्री जोशीको थियो । यदि ईमान्दार भएका काम गर्नेहो भने नेपालमा प्रायाप्त संभावना भएको भन्दै त्यसलाई आफुले जग हाल्ने कोसिस गरेको बताए ।
मन्त्री जोशीले भने म कति समय सरकारमा रहुला त्यो थाहा छैन तर म यो सरकारमा रहदा नेपालमा भुकम्पले पनि भत्काउन नसक्ने औघोगिक जग बसालेर छाड्ने दाबि गरे । पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रत्रमको संचालन महासचिव ठाकुर बि.पौडेलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति