कात्तिक २१, काठमाडौँ । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, काठमाडौँ । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रतिनेपालीको थाप्लोमा उन्नाइस हजार वैदेशिक ऋण !

२०७३, २१ कार्तिक आईतवार ११:४९


कात्तिक २१, काठमाडौँ । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । 

पुरानो शक्ति अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए । 

भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्ने भएकाले त्यसो नगर्न उनीहरुको आग्रह थियो । सो प्रस्ताव फिर्ता नभए कात्तिक २९ देखि सो अभियानले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणासमेत सो अवसरमा गरिएको थियो । 

सो शक्तिका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भ्रष्ट नेताले विदेशमा राखेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने, भ्रष्टाचारमा कारबाही रोक्ने उद्देश्यले दर्ता गरेको महाभियोग प्रस्ताव खारेज गर्नुपर्ने माग गरे । 

पत्रकार प्रेम कैदीले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै यसलाई राजनीतिक नेतृत्वले नै संरक्षण दिएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति