रबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्राम नगरपालीकाको आर्को चरम लापरवाही: समयमै सडक कालोपत्रे हुन सकेन

२२ कार्तिक २०७३, सोमबार ०६:५६


रबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् । 

 जिल्लाको सदरमुकाम परासीको मुख्य मुटु मानिने बुध चोक देखी अदालत जाने  सडकको कालोपत्रे समयमै हुन नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । 

समयकै सडक कालोपत्रे नहुदा सडकमा छरीएर राखीएको गिट्टी बालुवाले सडकमा हिडन् यात्रुलाई प्रदुशित बनाएको छ  । यता यती मात्र हो सो सडकमा हिड्ने यात्रुलाई सडकमा हिडेका ठुला गाडी सडकमा रहेको  गिट्टी उछिट्दिा सर्बसाधारणलाई लाग्दा झन समस्या भोग्नु परेको हो   । 

सर्बसाधारणका अनुसार नगरपालीका र ठेकेदारको मिलोमतोमा समयमै काम नसक्दा धुलोधुवा, सवारी गुड्दा सडकमा रहेको गिट्टीले सर्बसाधारणलाई चोटपटक लाग्ने साथै छडक छेउमा ब्यापार गर्ने  ब्यापारीको काउण्टर र ¥याकमा समेत क्षति पु¥याउदै आएको छ  । 

सो सडक कालोपत्रे गर्ने आर्थिक बर्ष २०७२/०७३ को असार मसान्तमा सम्पन्न गर्ने  गरी  शुभलक्ष्मी कन्स्ट्रन्सन तिलकपुर नवलपरासीले जिम्मा लिएको थियो  । तर  अहिले सो समय अवधी समाप्त भएको करिब ४ महिना बितिसक्दा पनि निमार्ण काम पुरा हुन सकेको छैन् । 

रामग्राम नगरपालीकाको गैर जिम्मेबारी पुर्ण काम साथै ठेकेदारपक्षलाई नगरपालीकाले संरक्षणकै कारण समयमा सडक कालोपत्रे नहुदा गर्दा आफुहरुले निकै सास्ती भाग्नुपरेको स्थानियहको भनाई छ  । 

अझं आर्को अचम्मको कुरा ठेकेदार पक्षले समयमै कामलाई दबाब दिन त कहां को काहा अर्झ नगरपालीकाले समयमकै काम सम्पन्न गर्न  नसक्ने निमार्ण कम्पनीलाई  कुनै कारवाही गरेको छैन् । 

निमार्ण कम्पनीले  नगरपालीकालाई निमार्ण काम सम्पन्न गर्न १८ दिनको समय अवधि  थप  गर्न भनि  २०७३ असार २८ गते निबेदन दिएको भएपनि रामग्राम नगरपालीकाले स्वयम् सो निमार्ण कम्पनीलाई म्याद समेत थपेको    छैन् । 

निमार्ण कम्पनीले १८ दिन म्याद थपका लागी निबेदन दिएपनि त्यो समय म्याद थप नगरेको नगरपालीकाले  अहिलेसम्म निमार्ण कम्पनीलाई कारवाही समेत नगर्नुलाई नगरपालीकाले निमार्ण कम्पनीलाई संरक्षण गर्न खोजेको  सर्बसाधारणको भनाई  छ  । 

कुल  ३१ लाखको लागतमा करिब १सय ५० मिटर कालोपत्रे गर्ने गरी ठेक्का पाएको शुभलक्ष्मी कन्स्ट्रकसन तिलकपुर नवलपरासीले काम पुरानै नगरी अहिलेसम्म ११ लाख रुपैया भुक्तानी लगीसकेको नगरपालीकाले जनाएको छ  । 

यस बारे रामग्राम नगरपालीकाका निमित्त प्रमुख कुन्दन कुमार चौधरीले सडकमा बिजुलीको पोलका कारण निमार्ण कायमा ढिलाई भएको स्विकार गर्नुभयो  । 

केही दिन अघि कार्यालय प्रमुख नभएको मैका छोपी सार्बजनिक बिदाका दिन पनि नगरपालीकाको सबैभन्दा महगो तथा आरामदायी सवारी लु १ च ६६६४ नम्बरको ईस्कारपियो गाडी कार्यालयका चाड पर्वका बेला कर्मचारीले प्रयोग गरेको समाचार बिभिन्न सन्चार माध्यममा आएर आलोचित बनेको रामग्राम नगरपालीका फेरी कार्यालयको चरम लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसकेको सर्बसाधारणको गुनासो आएपछि बिबादमा तानिएको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य