सन्तोषकुमार गुप्ता/कात्तिक २२, देउखुरी । देउखुरीको लालमटिया र सिसहनियाँमा गठित ६ ओटा रेडियो श्रोता समुहले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकम समुहको क्षमता विकास तथा सचेतनामुलक कार्यक्रममा खर्चिने भएको छ ।
साझेदारी विकास परियोजना अन्र्तगत इक्वल एक्सेसद्धारा गठन भएको विहानी रेडियो श्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो श्रोता समुह कालापानी, जनहित रेडियो श्रोता समुह मौरीघाट, स्टार रेडियो श्रोता समुह मसुरिया, करम्दी रेडियो श्रोता समुह बराखुट्टी र खुरुरीया रेडियो श्रोता समुहको आयोजनामा कार्तिक १५, १७ र १८ गते गरी ३ दिन सम्म खेलेको देउसी भैलोबाट संकलित रु १६ हजार बाट खर्च कटाएर बचेको रु १४ हजार रुपैया समुहको क्षमता विकास र सचेतनामुलक कार्यक्रममा खर्च गर्ने योजना बनाएको भैलो कार्यक्रम संयोजक राजेन्द्र चौधरीले बताए ।
पछिल्लो समय यता सिसहनियाँ र लालमटियामा गठित रेडियो श्रोता समुहहरुले सामुहिक रुपमा काम गर्दै आउने क्रममामा रेडियो श्रोता समुहहरुले परम्परागत भैलोको साटो गाविसलाई सहयोग पु¥याउने हेतुले चौधौ चरणका बारेमा आमनागरिकहरुलाई सुसुचित गराउन रेडियो श्रोता समुहले योजना छनौट प्रकृया सम्बन्धी विषय वस्तुलाई समेटेर देउसी भैलो सञ्चालन गरेको थियो । समुहले सिसहनियाँ गाविसको लठ्ठहवा र कालापानी क्षेत्रमा र लालमटिया गाविसको मौरीघाट र बराखुट्टी क्षेत्रमा भैलो सञ्चालन गरेको थियो ।
भैलोको रकमले योग शिविर सञ्चालन गरिने
पतञ्जली योग शिविर समिति सिसहनियाँले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकमले योग शिविर सञ्चालन गर्ने भएको छ ।
पतञ्जली योग शिविर समिति सिसहनियाँको आयोजनामा कार्तिक १४, १५, १६ र १७ गते गरी ४ दिन सम्म खेलेको देउसी भैलोबाट संकलित रु १ लाख मध्ये खर्च कटाएर बचेको रु ७० हजार रुपैयाँबाट फागुनको अन्तिम साता सम्म सिसहनियाँमा वृहत योग शिविर सञ्चालन गर्ने निर्णय भएको समितिका अध्यक्ष शान्तराज शर्माले बताए । योगको माध्यमबाट आमनागरिकहरुलाई विभिन्न किसिमका रोगव्याधीबाट मुक्त गराउन र दक्ष योग प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले भैलो सञ्चालन गरिएको हो ।
यस्तै लालमटिया ९ नयाँगाउँमा गठित गाउँबेसी बालक्लवले वर्षको तिहारमा खेलेको देउसी भैलोको रकमले गाउँमा विजुली विस्तार गर्ने भएको छ । रातीको समयमा आवत जावत गर्न सहजहोस भन्नका लागि र चोरी डकैतीबाट बचाउन बाल क्लवले खेलेको देउसी भैलोबाट संकलित रु ४० हजार मध्येबाट खर्च कटाएर बचेको रु ३२ हजार रुपैयाबाट गाउँको विद्युतपोलमा सडक बत्ती झुन्डाउने निर्णय भएको बाल क्लवका अध्यक्ष सुशिला आचार्यले बताइन् ।
न्यू युथ क्लब गंगापरस्पुर–१ हडैयाले भैलो खेलेर जम्मा गरेको रकमले समान खरिद गरि नेपाल परिवार नियोजन संघद्धारा गंगापरस्पुर स्वास्थ्य चौकीमा सञ्चान गरिएको स्वास्थ्य किलिनिक लाई प्रदान गरेको छ ।
क्लबले भैलोबाट जम्मा गरेको ६ हजार ७ सय पचासले २ थान फलामका बेञ्च, २ थान स्टुल तथा भित्तेघडी किनेर स्वास्थ्य संस्थालाई प्रदान गरेको हो । क्लबका अध्यक्ष बसन्त कुँवरको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चा का क्षेत्रिय सचिव टुकमान कँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टोपलाल खनाल,रुक्मणी खनाल , बमी के.सी., गोबिन्द खत्रि र सपना खड्का लगाएतले बोलेका थिए । बिनय खनालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन भेषराज अधिकारीले गरेका थिए ।