कात्तिक २३, काठमाडौँ  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौँ  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

२३ कार्तिक २०७३, मंगलवार ११:५३


कात्तिक २३, काठमाडौँ  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल सुरु गरेका छन् । 

विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग जानकारी लिएका हुन् ।

चालु आवको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३.८१ प्रतिशत मात्रै खर्च भएकामा अर्थमन्त्रीले अब दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न निर्देशन दिए।

बजेट खर्च नहुने र खर्च भए पनि आवको अन्त्य हुने समयमा मात्र त्यसले प्राथमिकता पाउने परम्परालाई तोड्नुपर्नेमा उनको जोड रहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १.३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग भने – “एक करोड बजेट छुट्याएकामा रु एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना हो ।” उनले विद्युत् उत्पादन, वितरण र प्रसारण लाइन निर्माणमा विशेष जोड दिन निर्देशन दिएका सल्लाहकार रेग्मीले बताए ।

छलफलका क्रममा ऊर्जा सचिव उपाध्यायले विकास खर्चको प्रगति राम्रो भए पनि प्रक्रियागत रुपमा ढिलाइका कारण प्रगति स्पष्ट नदेखिको र केही आयोजना स्वीकृत हुन बाँकी रहेको जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…