९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित

२४ कार्तिक २०७३, बुधबार ०३:५०

कात्तिक २४, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो । 

लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन थालिएको छ । परम्परागत प्रविधिमा अर्गेलीबाट काँचो कागज बनाइँदै आइए पनि पछिल्लो समय जापानिज नोट र छाला बनाउन जापानबाट अर्गेलीको माग आएपछि किसान गाँउघरमै जापानिज प्रविधिबाट अर्गेलीको कच्चापदार्थ बनाउन जुटेका हुन् । 

नोट र छाला बनाउन जापानमा नेपाली अर्गेली माग बढेकाले निर्यात सुरु भएको व्यवसायीको भनाइ छ । जिल्लाका १८ गाविसमा अर्गेली उत्पादन हुन्छ । दाजुभाइ सहकारी संस्थाको सहयोगमा ती स्थानमा जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन सिकाउने कामसमेत भइरहेको संस्थाका अध्यक्ष ओमराज थाम्सुहाङले बताउनुभयो । अलैँची पछिको राम्रो आम्दानीको स्रोत अब अर्गेली हुने स्थानीयवासीको भनाइ छ । 

कागज बनाउनका लागि जिल्लाबाट एक सय क्युटेल अर्गेलीको कच्चापदार्थ निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यस वर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने भएको छ । नब्बे रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको अर्गेली जापानले चार सय रुपैयँमा खरिद गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो