कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक मर्मतमा ट्याक्सी व्यवसायी आफै कस्सिए

२०७३, २४ कार्तिक बुधबार ०६:५४

कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको लागि ५० लाखको विनियोजन गरेको छ तर काम आधा पनि हुन सकेको छैन । हिउँदभरी पार तापेर बस्ने बर्षा लागेपनि बजेट सक्न र काम गरेको देखाउन हतार गर्ने विकासे अण्डाहरुको काम गराइले गर्दा पनि यतिबेला उक्त सडकमा नागरिकले सास्ती भोगेका छन् । जिल्लामा जतिपनि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन्छन् ती पर्यटकहरु अग्ल्ला तीन पुल हेर्नको लागि जाने गरेका छन् तर बाटोको अबस्थाले गर्दा सर्वसाधरणले समस्यामात्रै झलेका छैनन् सवारी साधनले समेत जोखिम मोल्नुपर्ने अबस्था छ ।


देशी तथा बिदेशी गरि हजारौं पर्यटक यो बाटो हिडे तर कसैलाई बाटो मर्मतको लागि ध्यान जान सकेन  । सरोकारवाला निकाय मौन रह्यो। असहज बाटो यात्रुको सास्ती देखेपछि धौलागिरी ट्याक्सी ब्यावसायी प्रा.लि आफै कुटो, कोदालो र घन बोकेर मर्मतको लागि जुटेको छ । अग्ला पुलजाने बाटोमा देखिएको समस्याको बारेमा सरोकारवाला निकायको ध्यान जान नसकेपछि आफै बाटो मर्मतमा जुटेको धौलागिरी ट्याक्सी ब्यावसायी प्रा.लि पर्वतका अध्यक्ष बिष्ण’ गिरीले बताए । पर्यटकीय नगरी बनाउन सपना बनाइन्छ भौतिक निर्माण र आवश्यक मार्ग तयार गर्न सकिदैन यसरी जिल्लामा पर्यटन विकास कसरी हुन्छ उनले भने ।
सडकमा रहेका अव्यवस्थित ढुंगा पन्छाएर बाटोलाई सहज बनाउनको लागि आफुहरु जुटेको  संस्थाका सचिव दया चापागाईले बताए । उनले सरोकारवाला निकायको मुखै चकिलो हुन्छ मुख ताक्नुभन्दा आफै गरे छिटो हुन्छ भनी मर्मतमा लाग्यौ उनले भने । पर्यटकीय नगरि बनाउने भन्ने पूर्वधार विकासमा चाँसो नदिने उनले भने । त्यस्तै धौलागिरी ट्याक्सी ब्यावसायी प्रा.लिका कर्मचारी बिनोद श्रेष्ठले पनि उस्तै तर्क गरे हामीलाई कतिपय यात्रुहरुले पुलसम्म लगिदिनुपर्छ भन्छन् बाटो स्थिति यस्तो छ त्यहि कारण पनि आफै मर्मतमा जुटेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति