कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक मर्मतमा ट्याक्सी व्यवसायी आफै कस्सिए

२४ कार्तिक २०७३, बुधबार ०६:५४

कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको लागि ५० लाखको विनियोजन गरेको छ तर काम आधा पनि हुन सकेको छैन । हिउँदभरी पार तापेर बस्ने बर्षा लागेपनि बजेट सक्न र काम गरेको देखाउन हतार गर्ने विकासे अण्डाहरुको काम गराइले गर्दा पनि यतिबेला उक्त सडकमा नागरिकले सास्ती भोगेका छन् । जिल्लामा जतिपनि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन्छन् ती पर्यटकहरु अग्ल्ला तीन पुल हेर्नको लागि जाने गरेका छन् तर बाटोको अबस्थाले गर्दा सर्वसाधरणले समस्यामात्रै झलेका छैनन् सवारी साधनले समेत जोखिम मोल्नुपर्ने अबस्था छ ।


देशी तथा बिदेशी गरि हजारौं पर्यटक यो बाटो हिडे तर कसैलाई बाटो मर्मतको लागि ध्यान जान सकेन  । सरोकारवाला निकाय मौन रह्यो। असहज बाटो यात्रुको सास्ती देखेपछि धौलागिरी ट्याक्सी ब्यावसायी प्रा.लि आफै कुटो, कोदालो र घन बोकेर मर्मतको लागि जुटेको छ । अग्ला पुलजाने बाटोमा देखिएको समस्याको बारेमा सरोकारवाला निकायको ध्यान जान नसकेपछि आफै बाटो मर्मतमा जुटेको धौलागिरी ट्याक्सी ब्यावसायी प्रा.लि पर्वतका अध्यक्ष बिष्ण’ गिरीले बताए । पर्यटकीय नगरी बनाउन सपना बनाइन्छ भौतिक निर्माण र आवश्यक मार्ग तयार गर्न सकिदैन यसरी जिल्लामा पर्यटन विकास कसरी हुन्छ उनले भने ।
सडकमा रहेका अव्यवस्थित ढुंगा पन्छाएर बाटोलाई सहज बनाउनको लागि आफुहरु जुटेको  संस्थाका सचिव दया चापागाईले बताए । उनले सरोकारवाला निकायको मुखै चकिलो हुन्छ मुख ताक्नुभन्दा आफै गरे छिटो हुन्छ भनी मर्मतमा लाग्यौ उनले भने । पर्यटकीय नगरि बनाउने भन्ने पूर्वधार विकासमा चाँसो नदिने उनले भने । त्यस्तै धौलागिरी ट्याक्सी ब्यावसायी प्रा.लिका कर्मचारी बिनोद श्रेष्ठले पनि उस्तै तर्क गरे हामीलाई कतिपय यात्रुहरुले पुलसम्म लगिदिनुपर्छ भन्छन् बाटो स्थिति यस्तो छ त्यहि कारण पनि आफै मर्मतमा जुटेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…