२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा खानेपानी योजनाका लागि २२ करोड विनियोजन

२४ कार्तिक २०७३, बुधबार ०८:३८

कात्तिक २४, दाङ । जिल्लाको खानेपानी तथा सरसफाइको क्षेत्रमा आव ०७३/०७४ का लागि रु २२ करोड भन्द बढी विनियोजन भएको छ । 

अघिल्लो वर्षको तुलनामा झन्डै रु पाँच करोड बढी रु २२ करोड ४० लाख ८४ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । 

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नयाँ कार्यक्रम भित्रिएसँगै बजेट रकममा समेत वृद्धि भएको हो । 

विगतका क्रमागत आयोजनासँगै जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना निर्माण, मुहान सरक्षण, खानेपानी आयोजनाको सर्वेक्षणसँगै पूर्ण सरसफाइका कार्यक्रममा बजेट विनियोजन भएको कार्यालयका इन्जिनियर तिलक न्यौपानले जानकारी दिनुभयो । 

खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड २९ लाख ७९ हजार रहेको छ । त्यस्तै खानेपानी तथा सरसफाइ लगानी कार्यक्रममा रु पाँच करोड ५० लाख, उच्च मध्यमस्तरीय ठूला खानेपानी आयोजनामा रु दुई करोड ५० लाख, तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत रु एक करोड १२ लाख ५० हजार विनियोजन गरिएको छ । 

त्यस्तै खानेपानी तथा गुणस्तर सुधार कार्यक्रममा रु ६१ लाख, वातावरणीय सरसफाइ कार्यक्रममा नेपाल सरकार र युनिसेफबाट गरी रु २२ लाख, जलवायु परिर्वतन प्रभाव न्यूनीकरण तथा उपयुक्त प्रविधि प्रवद्र्धन कार्यक्रमका लागि रु आठ लाख, खानेपानी तथा सरसफाइ सहलगानीअन्तर्गत रु चार लाख, डिपबोरिङ तथा ट्वीबेल मर्मत सुधार कार्यक्रममा रु तीन लाख, राष्ट्रिय सूचना व्यवस्थापन तथा अनुगमनका लागि रु ५५ हजार बजेट विनियोजन गरिएको लेखाअधिकृत नारायण पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…