९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारुको कारोबार रोकिँदा सर्वसाधारण मारमा

२५ कार्तिक २०७३, बिहीबार ०९:३२

कात्तिक २५, धनगढी । भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् । 

आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने/नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ । 

भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउनुहुन्छ । “उपचारका लागि पुनः लखनउ जान समस्या भएको छ,” उहाँले भन्नुभयो । 

कारोबारमा रोक लगाइएसँगै स्थानीय व्यापारी, भारतका अस्पतालमा उपचारमा रहेका बिरामीका अविभावक र सर्वसाधारण आफूसँग रहेका भारु ५०० र हजारका नोट सटही हुने वा नहुने र सटही गर्दा पनि सानो दरको भारु पाउने वा नपाउने भन्ने समस्यामा छन् । भारतमा काम गरेर फर्किने र भारतका अस्पतालमा उपचाररत रहेका नेपाली नागरिक मारमा छन् । 

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विश्रुत थापाले भारु एक हजार र ५०० का नोटको कारोबारमा भारतले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले पनि आजैदेखि ती नोटको कारोबारमा रोक लगाएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो