२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्दघाटको ब्यापार मेलाको पूर्व उर्जा मन्त्री विष्ठद्धारा उद्घाटन

२०७३, २५ कार्तिक बिहीबार १४:१३

मोहम्मद ईजहार शेष, कात्र्तिक २५, परासी । नेकपा एमालेका केन्द्रिय सचिव एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले वर्दघाटमा शुरु भएको औद्योगिक ब्यपार मेलाको उदघाटन गरि सुभारम्भ गरेका छन् । वर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको कृषि , पर्यटन तथा औद्योगिक ब्यपार मेलाको उदघाटन गरि सचिव विष्टले सुभारम्भ गरेका हुन् ।

उनले मेलाको उदघाटन गर्दै नेपालमा आर्थिक समृद्धि नहुदां सम्म नेपालीहरुको दैनिक जिवनचार्यमा परिवर्तन आउन नसक्ने बताएका थिए । पुर्व उर्जा मन्त्री समेत रहेका सचिव विष्टले नेपालको युवा शक्ति विदेश पलायन भएका कारण नेपालले आर्थिक समृद्धिको पाटोमा पछि परेको बताए । उनले युवा शतिmको विदेश पलायनको रोकथामका लागि नेपाल सरकार र सरोकारवाल निकायले युवा शक्ति पलायन हुने काम रोक्न सके नेपालको गरीवि नयूनिकरण हुनेमा जोड दिएका थिए ।

त्यसैगरी अहिलेको संविद्यान नेपालका सबै नागरीकहरुको हक अधिकारको संरक्षण गर्न महत्वपूर्ण रहेकाले त्यसको कार्यान्वयनमा सबै दल र समुदायले सहयोगगर्न जरुरी रहेको बताए । ब्यापार मेला उद्घाटन कार्यक्रममा संसद कृष्ण पौडेल,सिन्दु जलेसा,पूर्व राज्य मन्त्री धनेश्याम यादव लगाएतले बोल्दै मेला आफैमा महत्वपूर्ण रहेकोले मेलाले स्थानिय कृषि उत्पाद,धार्मिक स्थल र पर्यटनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष तथा मेला ब्यवस्थापन मूल समितिका संयोजक मिनराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका नेता तथा विभिन्न सामाजिक संघ संस्थाका पदाद्यीकारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मेला उद्घाटन पूर्व स्थानिय विभिन्न जात जाती र सामाजिक संघ संस्थाहरुको भांकी सहितको रयालीले नगर परिक्रमा गरेको थियो ।

बर्दघाट–२ चिसापानीको ढिंडारीफा आयोजना गरीएको ब्यापार मेला मंसिरको ५ गते सम्म संचालन हुने छ । बर्दघाटमा पहिलो पटक आयोजना गरीएको कृषि ,पर्यटन तथा औेद्योगीक ब्यापार मेलामा २ सय स्टलहरु तयार गरीए पनि स्टलहरुभने त्यत्ति प्रभावकारी हुन सकेको छैन ् । कृषी,पर्यटन,उद्योग र ब्यापार,राष्ट्र निमार्णको आधार’ भन्ने मुल नाराका साथ आयोजना गरीएको मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने गरी ब्यवस्थागरीएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति