९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमावर्ति बजारमा नेपाली रुपैयाँको मूल्य बढ्यो

२६ कार्तिक २०७३, शुक्रबार ०२:०८

पंकज धामी, कार्तिक २६, दार्चुला । नेपाली रुपैयाँ सधैं अबमूल्यन हुँदा दार्चुला सदरमुकामको सिमावर्ति बजार धारचुलामा भारत सरकारले भारतीय ५ सय र १ हजारको नोट बन्द गरेपछि भने नेपाली रुपैयाँको मूल्य बढेको छ । सिमावर्ति बजार धारचुला र दार्चुलामा नेपाली सय सय रुपैयाँ भारतीय ६० र त्योभन्दा पनि कम मूल्यमा साटिने गथ्र्यो भने बुधवार र बिहीवार भने नेपाली सय रुपैयाँ भारतीय ६५ रुपैयाँमा साँटियो । भातरीय व्यापारीहरुले ५ सय र १ हजार भारतीय रुपैयाँ नलिएको तर नेपाली रुपैयाँ सहजै लिने गरेको दार्चुलाका व्यापारीहरुले बताएका छन् । १ हजार नेपाली रुपैयाँका लागि अहिलेसम्म ६ सय भारतीय रुपैयाँ दिने गर्थे भने बुधवार र बिहीवार ६ सय २५ देखि ६ सय ३० सम्म दिने गरेको पाइएको छ । ‘पहिले अबमूल्यन भएको नेपाली रुपैयाँले अहिले भने मूल्य पाएको छ । १ हजार नेपाली रुपैयाँ ६ सय २५ र त्योभन्दा पनि बढि रुपैयाँमा सटही हुँदैछ ।’ दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले जानकारी दिनुभयो ।

दार्चुलामा २५ लाख बढि भारु

दार्चुलामा २५ लाख भन्दा बढि भारतीय रुपैयाँ भएको व्यापारीहरुले अनुमान गरेका छन् । भारतीय सेना तथा कुमाउ स्क्टकामा काम गर्ने र सीमावर्ति क्षेत्रमा व्यापार गर्ने व्यापारीहरुसँग गरेर दार्चुलामा २५ लाख भन्दा बढि भारतीय रुपैयाँ हुन सक्ने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले जानकारी दिनुभयो । त्यसैगरि गोर्खा रेजिमेन्टका काम गर्ने नेपालीहरुले दार्चुला भएर रकम घर पठाउने भएकाले पनि भारतीय रुपैयाँ धारचुलामा हुन सक्ने बताइएको छ । भारतीय रुपैयाँको खाँचो पर्दा ८ प्रतिशतसम्म सटही दिनु पर्ने अवस्था आउँथ्यो तर अहिले भने भारतीय रुपैयाँ जतिपनि पाइने गरेको व्यापारी मंगलसिह ठगुन्नाले बताउनु भयो ।

भारु साँट्न समस्या हुँदै

सिमावर्ति क्षेत्रमा थोरै मात्रामा भारतीय रुपैयाँ भएको र त्यो पनि बैधानिक भएकाले भारतीय रुपैयाँ साट्न समस्या नहुने व्यापार मण्डल धारचुलाका अध्यक्ष भुपेन्द्रसिह थापाले बताउनु भयो ।

‘सेवारत र सेवानिवृत्त कर्मचारीहरुको रकम सहजै साँटिनेछ भने व्यापारीहरुले भारतीय रिजर्भ बैंकमार्फत रकम साँट्न सक्नेछन् ।’ उहाँले भन्नुभयो । भारत सरकारले लिएको यो कदमले ठूलो धनराशी थुपारेर अबैध काम गर्नेहरुलाई मात्रै असर पर्ने र सामान्य नागरिक तथा कर्मचारीलाई समस्या नपर्ने उहाँले बताउनु भयो ।

नेपाल सरकारसँगको अपेक्षा

भारतीय रुपैयाँ साट्न भारतीय बैंक धाउनु भन्दा पनि नेपाल सरकारले नै साँट्ने व्यवस्था मिलाए राम्रो हुने भारतीय रुपैयाँ भएकाहरुले बताएका छन् । कुमाउ स्क्टका सेवानिवृत्त सिपाही नरसिह महरसँग जम्मा गरेको ८० हजार भारतीय रुपैयाँ छ । उनलाई उनको युनिटबाटै भारतीय रुपैयाँ साट्ने सुविधा मिल्ने भएपनि उनी ती रुपैयाँ नेपाली बैंकले नै लिए राम्रो मान्ने भन्छन् । ‘नेपाली बैंकले नै साँटने व्यवस्था मिलाए राम्रो हुन्थ्यो ।’ उनले भने ।  आफूसँग पनि भारतीय रुपैयाँ भएको बताउने खलंगाका स्थानीय जयराज भट्ट पनि नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ साट्ने व्यवस्था मिलाओस् भन्ने चाहान्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो