२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम देवचुली महोत्सवको दोस्रो दिन १० हजारले अवलोकन गरे, ७० लाखको कारोबार

२६ कार्तिक २०७३, शुक्रबार १६:२३

कार्तिक २६, नवलपरासी । नवलपरासीको कावासोतीमा शुरु भएको प्रथम देवचुली महोत्सव २०७३ मा दोस्रो दिन १० हजार सर्वसाधरणले महोत्सवको अवलोकन गरेका छन् । मंसिर ४ गते सम्म चल्ने महोत्सव हेर्न दोस्रो दिन दर्शकहरुको घुईचो लागेपछि ७० लाखको कारोबार भएको छ । 

मेलाको पहिलो दिन जस्तै दोस्रो दिन पूर्ण रुपमा सफल बनेको मेला आयोजक समितिका संयोजक एवंम देवचुली टेलिभिजनका अध्यक्ष केबी रानाले जानकारी दिए । रानाले महोत्सवमा देवचुली टेलिभिजनलाई दर्शकहरुले राम्रो साथ र सहयोग गरेकोमा खुसी व्यक्त गरे । उनले भने, पहिलो दिन २० हजार मानिसहरु सोभा यात्रामा सहभागी हुनु जिल्लाको लागि गौरवको विषय हो ।


मेलामा कृषि प्रदर्शनी,  स्थानीय खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, जातिय मौलिक झांकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन गरिएका छन् ।  मेलामा मगर, तामाङ, गुरुङको घर, सुधारिएको बाख्राको खोर, मानविय व्यवहार देखाउने उँट, माछा पोखरी, नवलपरासी जिल्लामा उत्पादित सुन्तला र बाल उद्यानहरु मुख्य आर्कषणको केन्द्र हुन् । 

महोत्सवमा देवचुली डान्स आईडल शुरु भएको छ भने कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान समेत गर्न थालिएको छ । कला संस्कृति संरक्षण पर्यटनको आधार सम्बृद्ध राष्ट्रका लागि कृषि उद्योग तथा व्यापार भन्ने नारा सहित थाना चोक पछाडीको कावासोती खेल मैदानमा महोत्सव भब्य रुपमा चलिरहेको छ । 


१ हजार युवाहरुलाई स्वरोजगार बनाउने र कला संस्कृति संरक्षणको लागि विभिन्न समूहलाई बाजा गाजा र भेषभूषा हस्तान्तरण सहयोगार्थ देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा महोत्सव गरेको हो । 

दोस्रो दिन कार्यक्रमलाई संबोदन गर्दै नेपाली कागे्रसका नेता एवंम पूर्व सांसद महेन्द्रध्वज जिसीले देवचुली महोत्सव पूर्ण रुपमा सफल बनेको बताए । उनले भने दर्शकहरुको घुईचोले महोत्सव सफल देखिन्छ, यो टेलिभिजनले समाजको लागि पूर्याएको योगदानको कदर हो ।

जिसीले समाज परिर्वतनमा संचार माध्यमहरुले खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै सचेत समाज निर्माणमा संचार माध्यमहरु बलियो बन्नुपर्ने विचार राखे ।  यस्तै नेपाली कागे्रसका क्षेत्रीय सभापति दुर्गा बहादुर रानाले नवलपरासी जिल्ला कला संस्कृतिको हिसावले निकै धनि रहेको बताउँदै त्यसको संरक्षणमा सबै सरोकारवालाहरुको चासो पुग्नुपर्ने बताए । उनले भने, यहाँका मगर, थारु, आदिवासी जनजातिका मौलिकपन बचाउन टेलिभिजनले चालेको कदम निकै उत्कृष्ट छ । 


कमल खत्री र टिका पुनले तताएँ महोत्सव 

महोत्सवको दोस्रो दिन शुक्रबार आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । 

लोक दोहोरी गायिका टिका पुन, पप गायक कमल खत्री, गायकहरु दिपक खड्का, राजन गुरुङ, गायिका उमा खनाल, तथा देवचुली डान्सिङ्ग स्टारका उत्कृष्ट ९ प्रतियोगीको समेत प्रस्तुती रहेको थियो । 

राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हेर्न अबेरसम्म हजारौं दर्शकहरु प्रर्दशी स्थलमा भेला भएका थिए । महोत्सवमा गायक कमल खत्री र टिका पुनले दर्शकहरुको मन जिते । नवलपरासी जिल्लाको कावासोती क्षेत्रमा निकै कम देखिने कालाकारहरुमा उनीहरु पर्छन् । 


गायक दिपक खड्का र गायिका उमा खनालको दोहोरीमा दर्शकहरु खुबै नाँचेका थिए भने गायक दिपक खड्काको कार्यक्रम उद्घोषकले कार्यक्रमको अझ सोभा बढेको पाइन्थ्यो । त्यस्तै राजन गुरुङले दर्शकहरु पनि दर्शकहरुको रामै्र साथ पाए उनले शनिबार समेत आफ्नो सांगीतिक प्रस्तुती देखाउँनेछन् । आफ्ना आधा दर्जन भन्दा बढी उत्कृष्ठ गीत प्रस्तुत गरेकी पुनले कावासोती बासीलाई माया भनेपछि दर्शकहरु पुन तर्फ झुमिएका थिए । 

कार्यक्रमको अन्तिम प्रस्तुती दिन पुगेका गायक कमल खत्रीले अबेरसम्म दर्शकलाई खुबै नँचाएका थिए । आधा घण्टा भन्दा बढी समय सम्म स्टेजमा रहेका गायक खत्रीले जती गीत गाएपनि दर्शकले बान्स मोर भन्न छोडेका थिएनन् । उनले आफ्ना आधा दर्जन चर्चित गीत सुनाएका थिए । 


उन्नत जातको बाखा्र र सुधारीएको खोरमा दर्शकको चाँसो 

महोत्सवमा राखिएको कृषि स्टलहरु मध्ये उन्नत जातको बाखा्र र सुधारीएको खोर बिशेष प्रदर्शनीको रुपमा देख्न सकिन्छ । गाउँघरमा पालिने बाख्रा भन्दा फरक रहेको उन्नत जातको बाख्रा र गाउँस्तरमै भएका साधनहरुबाट कसरी राम्रो खोर बनाउन सकिन्छ भनेर सुधारीएको खोर प्रदर्शनी गरीएको छ । 

गाउँघरमा अझै पनि कतिपय कृषकहरुले उन्नत जातको बाख्रापालन नगरेको र कसरी उन्नत जातका बाख्रा पाल्न सकिन्छ भन्ने परामर्श पनि दिने र उन्नत जातका बाख्रा बिक्री पनि गरीने प्रदर्शनीमा बताइएको थियो । साथै गाउँस्तरमै रहेको स्रोत र साधनबाट पनि सुधारीएको खोर बनाउन सकिने भन्दै निकै आकर्षण सुधारीएको खोर बनाइएको छ । 


तेस्रो दिनको आर्कषण 

महोत्सवको तस्रो दिन पनि विविध सास्कृतिक कार्यक्रमले रौनकता पाउँने भएको छ । शनिवार तेस्रो दिन रहेकाले मेलामा अघिल्लो दिनको तुलानामा उल्लेख्य मानिसहरुको सहभागीता रहने आयोजकले दावी गरेको छ । 

देवचुली महोत्सवमा मनोरञ्जन प्रदान गर्न शनिबार चर्चित कलाकारहरु कावासोतीमा भेला हुने भएका छन् । पछिल्लो युवा पुस्ताका ढुकढुकी शिव परियार र चर्चित लोक गायक प्रजापति पराजुली मुख्य आर्कषणको केन्द्रमा रहेका छन् । 

यस्तै गायिक प्रिति आले, अम्मर विरही गुरुङ, हास्यकलाकार जादूगर लगाएत स्थानीय कलाकार र देवचुली डान्सिङ्ग स्टारको समेत विशेष प्रस्तुती रहने सांस्कृतिक उप समितिका संयोज दिपक खड्काले जानकारी दिए । गायिका प्रिति लोक गीतमा बेलि डान्सको लागि निकै चर्चित छिन् । 


महोत्सव अबधिभर नवलपरासी जिल्लामा रहेका विभिन्न जात जातिका नाँच तथा झाँकीहरु समेत मुख्य प्राथमिकतामा परेका छन् । दैनिक रुपमा आदा दर्जन जातिय संस्कृति संरक्षणको लागि भन्दै नाँचहरु प्रदशन भईरहेको मेला व्यवस्थापन उप समितिले जानकारी दिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य