कात्तिक २७, पोखरा । सातौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । 

युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, पोखरा । सातौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । 

युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ सं"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा महोत्सव पुसको अन्तिममा

२७ कार्तिक २०७३, शनिबार ०१:४९

कात्तिक २७, पोखरा । सातौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । 

युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ संस्करणको पोखरा महोत्सव पुस २९ देखि माघ १० गतेसम्म संचालन हुने भएको छ । 

महोत्सव सफल बनाउन युनाइटेड क्लवका अध्यक्ष सुकबहादुर गुरुङको संयोजकत्वमा मुल आयोजक समिती गनठ गरिएको छ भने विभिन्न ३५ वटा उपसमितीहरु गठन गरिएको छ ।

बिहीबार क्लवको अफिसमा सम्पन्न बैठकले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी विभिन्न उपसमितीहरु गठन गरिएको हो । गठित उपसमितीहरुमा कार्यसम्पादन उपसमितीमा हिमालय बख्रेल, सचिवालय उपसमितीमा लालकाजी गुरुङ, सुरक्षा उपसमितीमा लोक बहादुर थापा, प्रचार प्रसार उपसमितीमा राजु श्रेष्ठ, अर्थ तथा टिकटमा गणेश तिमिल्सिना, ब्यानरमा शान्त बहादुर थापा, स्टलमा कृष्ण बहादुर थापा मगर, अतिथी सत्कारमा साबित्री थापा, बाल उद्यानमा भिम बहादुर गुरुङ, कलाकार ब्यवस्थापनमा दिनेश सुनार, खाना खाजामा निर्मला लामिछाने, मञ्च सजावटमा अनिल गुरुङ रहेका छन ।

त्यसैगरी मुलद्धार ब्यवस्थापनमा सूर्य बहादुर बानिया, महिला समुह परिचालनमा पूर्णकला पोख्रेल रहेका छन् । 

यस्तै विद्युतिय सुरक्षामा रावत लामा, संघ सस्था तथा ¥यालीमा सम्मर बहादुर श्रेष्ठ, अतिथी ब्यवस्थापनमा राजेन्द्र बहादुर थापा, मुल्यांकनमा क्या. फत्ते बहादुर गुरु, अनुगमनमा प्रेम छिरी शेर्पा, हस्तकलामा सविता श्रैष्ठ रञ्जित, प्रकाशन तथा मुद्रणमा लिलाधर अधिकारी, पार्किङमा सन्तोष कार्की, स्मारक निर्माणमा सिद्धि कुमार श्रेष्ठ, स्वयं सेवक परिचालनमा शिव थापा, पर्यटनमा भुवन ढकाल, विद्युत ब्यवस्थापनमा हरि श्रेष्ठ, प्राथमिक उपचारमा जयराम आचार्य, बीमा ब्यवस्थापनमा राम बहादुर थापा, प्रायोजक ब्यवस्थापनमा राजेन्द्र तिवारी रहेका छन् । 

यसैगरी विद्यालय समन्वयमा ओम प्रसाद सुवेदी, खानेपानीमा जस बहादुर गुरुङ, यातायातमा रमेश बहादुर कार्की, सरसफाइमा बिजयमान गुरुङ, महिला समन्वयमा सीमा गुरु र फोटो तथा भिडियो ग्राफीमा महेत्द्र भुर्तेललाई चयन गरिएको छ । 

त्यसैगरी सल्लाहकारहरुमा शुसिलराज पराजुली, विश्व प्रकाश लामिछाने, सेती थापा, तीर्थलाल श्रेष्ठ, शिव वहादुर वराल, भरत केसी, दान बहादुर गुरु, कमल थापा, निलकण्ठ पोख्रेल (निश्चल) र कार्यालय सचिवमा नविन श्रेष्ठलाई चयन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…