२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देवचुली महोत्सवमा आधा लाख सर्वसाधारणको ओइरो (हेर्नुस फोटो फिचर)

२८ कार्तिक २०७३, आईतवार ०२:४७

कार्तिक २८, नवलपरासी ।  नवलपरासीको कावासोतीमा जारी रहेको प्रथम देवचुली महोत्सव २०७३ मा दर्शकहरुको निकै भीड लागेको छ । महोत्सवको तेस्रो दिन (कार्तिक २७ गते) सम्म करिव ४५ हजार सर्वसाधरणले मेलाको अबलोकन गरेका छन् । मेलामा तेस्रो दिन शनिबार मात्र करिव १ करोडको कारोबार भएको छ भने १५ हजार मानिसहरुले मेलाको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । मेलामा प्रर्दशनी सहित आर्थिक कारोबारको लागि २ सय स्टलहरु रहेका छन् । 


देवचुली टेलिजिभनको आठौँ बार्षिक उत्सवको अवसरमा कला संस्कृति संरक्षण र उद्यमशील अभियान सहयोगार्थ १० दिने मेला आयोजना गरिएको हो । मेलामा उल्लेख्य मानिसहरुको सहभागीत बढेपछि सोचे भन्दा पनि राम्रो कारोबार भएको स्टल ब्यापारीहरुको भनाईछ । कृषि, उद्योग, व्यापार, अटोमोवाईल्स, कला संस्कृति संरक्षणको लागि मौलिक घरहरु, स्थानीय खानाका परिकार तथा स्थानीय मौलिक नाँच, झाँकीहरु मुख्य आर्कषणको रुपमा रहेका छन् ।  मंसिर ४ गते सम्म चल्ने महोत्सवले नवलपरासीको कावासोती क्षेत्रमा निकै चहल पहल बढेको छ ।


कला संस्कृति संरक्षणको देवचुली महोत्सव फलदायी

कला संस्कृति संरक्षण पर्यटनको आधार सम्बृद्ध राष्ट्र निर्माणको लागि कृषि उद्योग तथा व्यापार भन्ने मूल नारा सहित संचालित देवचुली महोत्सव निकै अर्थपूर्ण देखिएको विभिन्न क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । 

टेलिभिजनले सामाजिक उत्तरदायित्व स्वरुप चालेको कमदको प्रंशसा गर्दै आगामी दिनमा समेत थप सामाजिक कार्यको जिम्मेवारी लिन आग्रह गरेका छन् । महोत्सव अबधिमा देखाईएका विभिन्न झाँकी, मौलिक नाँचहरु संरक्षणको लागि कावासोतीमा रहेको देवचुली टेलिभिजनले पूर्याएको योगदानको प्रसंसा गरेका हुन् ।

महोत्सवको तस्रो दिन नवलपरासीमा राईकोटमा रहेको नाँचन(सोरठी) समूहलाई बाजा गाजा सहित नगद रकम हस्तान्तरण गरिएको हो । मेला आयोजक समितिका संयोजक केबी रानाले मगर समुदायको नाँचन हराउँदै गएको भन्दै महोत्सवको अवसरमा बाजा गाजा हस्तान्तर र नगद रमक प्रदान गरिएको बताए । सोरठी नाँच पछिल्लो सयम लोप हुने अवस्थामा पुगेको छ ।  

रानाले महोत्सव अवधिभर दजनौ समूहहरुलाई सम्मान स्वरुप बाजागाजा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए । रानाले भने, नवलपरासी जिल्ला मौलिक कलाको लागि निकै धनि छ तर त्यसको संरक्षण र प्रबद्धनमा खासै चाँसो छैन, त्यसैले टेलिभिजनले आफ्नो मौलिक कला संस्कृति संरक्षणको लागि काम गरिरहेको छ । 

महोत्सवको अवसरमा बोल्ने बक्ता तथा चर्चित गायक तथा गायिकाहरुले महोत्सवको आयोजना गर्ने साहास गरेर समाजको लागि समाजमा टेलिभिजनको लोकप्रियता प्रष्ट पारेको बताए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले स्थानीय स्तरमा टेलिभिजनले चाँलेको कदमको प्रसंशा गरे । उनले भने, महोत्सव धेरै हेरियो, धेरै गीत पनि गाईयो तर देवचुली महोत्सव जस्तो देख्न पाईएन् ।

यस्तै बरिष्ठ गायक अम्मर विरही गुरुङले नेपाली पन बचाउँन कलाकारिताको क्षेत्रबाट समेत सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।  महोत्सवमा विभिन्न जात जातिहरुको मौलिक नाँचहरु मुख्य प्राथमिकता सहित प्रस्तुत गरिएका छन् । थारु, मगर, तामाङ, गुरुङ लगाएतका विभिन्न जातजातिका नाँच तथा झाकीहरु १० दिन सम्म देखाईनेछ ।  


शिब परियारको ‘नशा’ र प्रितीको ‘बेली’ डान्समा झुम्मिए दर्शक

मुख्य आकर्षकको रुपमा रहेका राष्ट्रिय कलाकार शिब परियारले दर्शकलाई खुबै नचाएका थिए । सुगम संगीतमा निकै चलेका परियारले करिव १ दर्जन गीतहरु प्रस्तुत गरेका थिए । 


स्टेज चढेको करिब चालिस मिनेट सम्म आफ्नो चर्चित गीतहरु गाएका शिबलाई वान्समोरको ओइरोले गर्दा अन्तिमसमय सम्म दर्शकसँग बिदा माग्न समेत मुस्किल परेको थियो । उनले आफ्नो थुप्रै चर्चित गीतहरु मध्ये ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ बोलको गीत तिनपटक सम्म गाउँदा पनि दर्शकले हर्षोल्लासका साथ उत्तिकैमात्रामा वान्समोर भनिरहेका थिए ।


कार्यक्रमकी अर्की आकर्षकको रुपमा रहेकी गायिका प्रिती आलेले पनि आफ्नो फरक नृत्यबाट दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । नेपाली गीतमा पनि ‘बेली’ डान्स गर्ने गायिका तथा नृत्याङ्ग भनेर चिनिएकी प्रितीको ‘बेली’ डान्स गर्ने कला देखेर दर्शकहरु अचम्म पनि परेका थिए ।


साथै अर्का चर्चित गायक प्रजापति पराजुलीले पनि आफ्ना भजन तथा लोकदोहोरी गीत गाएका थिए । उनले पछिल्लो समय गाएको लोक, भजन र पप् संयोजन रहेको गीत गाउँदा दर्शकहरु खुबै नाँचेका थिए । साथै कार्यक्रममा अम्मर बिरही गुरुङ, दिपक खड्का, रमेशराज भट्टराई र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।


आईतबार कावासोतीमा पशुपति आउँने 

प्रथम देवचुली महोत्सवमा दर्शकहरुलाई नचाँउनको लागि चर्चित लोक दोहोरी गायक पशुपति शर्मा कावासोती आउने भएका छन् । आईतबार पनि देवचुली महोत्सवमा यस क्षेत्रका दर्शकहरुलाई निकै मनोरञ्जन प्रदान गर्ने सांस्कृतिक उप समितिका संयोजक दिपक खड्काले जानकारी दिए । 


पशुपतिका निकै धेरै फ्यानहरु रहेकोले महोत्सवको चौथो दिन पनि धेरै दर्शकहरुको साथ पाउने आयोजकले अपेक्षा लिएको छ । पशुपतिसँगै दुर्गा सापकोटा, रुवी सिङ्जाली, कवि सारु, नवराज थापा लगाएत हास्य कलाकारहरुको समेत बिशेष प्रस्तुती रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य