सन्तोषकुमार गुप्ता । देउखुरी ३० कार्तिक । सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्यवसायिक तथा आर्थिक रुपमा आत्मानिर्भर बनाएको सोमबार देउखुरीको भालुवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी ३० कार्तिक । सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्यवसायिक तथा आर्थिक रुपमा आत्मानिर्भर बनाएको सोमबार देउखुरीको भालुवा"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवनज्योति सहकारीको छैठौँ बार्षिक साधारणसभा सम्पन्न

३० कार्तिक २०७३, मंगलवार ०३:४३

सन्तोषकुमार गुप्ता । देउखुरी ३० कार्तिक । सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्यवसायिक तथा आर्थिक रुपमा आत्मानिर्भर बनाएको सोमबार देउखुरीको भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।  ग्रामिण समाज सुधार केन्द्रद्धारा सञ्चालित जीवनज्योति बचत तथा ऋण सहकारी संस्था पुल्चोक भालुवाङ्गको छैठौँ औँ बार्षिक साधारणसभा मा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । भालुवाङ पुल्चोकको रातोडाँडामा बिस्थापित समुदायहरुलाई सहकारी संस्थामा आबद्ध गराई दुई चार रुपैयाँ बचत गराउनुका साथै सहुलियत ब्याजमा कर्जा उपलब्ध गराई आफूहरुलाई आर्थिक तथा व्यवसायिक रुपमा आत्मानिर्भर बनाएको समेत बताएका थिए । उनीहरुले सहकारीकै कारण आफ्नो जीवनशैलीमा समेत सुधारात्मक परिवर्तन भएको अनुभव ब्यक्त गरेका थिए ।     

संस्थाका अध्यक्ष रमेश खनालको अध्यक्षता एवम् ग्रामिण समाज सुधार केन्दकी अध्यक्ष गंगा गिरीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सचिव तेजप्रसाद खनालले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हेमराज रोकामगरले आर्थिक बर्ष २०७२÷०७३ को १ करोड १ लाख २७ हजार २ सय ३ रुपैयाँ ४३ पैसा बराबरको आय—व्यय तथा यस बर्ष कुल नाफा १ लाख ६८ हजार ९ सय ५८ रुपैयाँ नाफा सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाकी व्यवस्थापक शान्ता भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने कार्यक्रममा जीवनज्योति बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष हुमादेवी मास्के, राप्ती बचत समूहकी अध्यक्ष रिना बुढा, लालीगुराँस बचत समूहकी अध्यक्ष पुतला खनाल, शेयर सदस्य कमला जिसी र भुमि गुरुङ्ग लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा  कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजप्रसाद खनालले गरेका थिए । बि.सं. २०६७ सालमा डिभिजन सहकारी कार्यालय दाङमा ६०८ नम्बरमा दर्ता भएको संस्थामा हाल सम्म ५२ जना शेयर सदस्य रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य