कात्तिक ३०, खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको ह"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका सबै सडकमा यातायात सेवा सुचारु

३० कार्तिक २०७३, मंगलवार ०३:४९

कात्तिक ३०, खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । 

यात्रुको समस्यालाई मध्यनजर गर्दै जिल्लामा यसअघि सञ्चालनमा रहेका र नयाँ गरी सातवटा सडकमा नियमित यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । 

“निर्माण कार्य सम्पन्न भएका सबै सडकमा गाडी सञ्चालन गरिएको छ ।” उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थामा रहेका अन्य सडकमा पनि सम्भव भएसम्म सञ्चालन गर्ने तयारीमा छौँ ।” 

सचिव हिङ्माङका अनुसार दिक्तेल–जयरामघाट, दिक्तेल–चखेवा, दिक्तेल–रसुवाघाट, दिक्तेल–पाथेका, दिक्तेल–रावाखोला, दिक्तेल–साप्सु र हलेसी–दुवेकोलको लागि गाडीसमेत छुट्याइएको छ । नियमित गाडी सञ्चालन गरिएसँगै भाडादर र बस छुट्ने समयतालिका समेत सार्वजनिक गरिएको यातायात व्यवसायी सङ्घले जनाएको छ । 

गत वर्ष सञ्चालनमा रहेको दिक्तेल–जालपा सडक भने स्तरोन्नतिको काम भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन नसकिएको सचिव हिङ्माङले जानकारी दिनुभयो । हुर्लुङ–ऐँसेलुखर्क सडकखण्डमा पर्ने उक्त सडक समेत केही दिनमा नै सञ्चालनमा आउने जनाइएको छ । 

कच्ची अवस्थामा रहेको जिल्लाका सबै सडकमा हिउँदको समयमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको छ । करिब छ महिना मात्र सञ्चालन हुने सडकमा यातायात सेवा सुचारु भएपछि गाउँगाउँका यात्रु हर्षित भएका छन् । 

जिल्लामा निर्माण गरिएका सबै सडक सञ्चालनमा आएपनि तराई तथा राजधानीसँगको सिधा यातायात भने जोडिएको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटस्थित दूधकोसी र दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोसीमा बेलिब्रिज नबनेसम्म जिल्लाभित्र मात्र यातायात सञ्चालन हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…