पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन ।
    आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन ।
    आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजनीति भागबण्डामा पर्वतको पुर्नसंरचना कार्तिकभित्र प्रतिबेदन बुझाउन असफल

२०७३, १ मंसिर बुधबार ०५:३१

मङ्सिर १, पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन ।

आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ । शिर्ष तीन दलहरु विच आपसमा समझदारी नहुदाँ जिल्लाको स्थानीय तहको संख्यामा विवाद चुलिएको हो । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले  आयोगले तोकेको संख्याभन्दा माथि जाने निर्णय गरेता पनि कुन गाविसलाई कुन कता राख्ने भन्ने विषयमा मत मिल्न सकेको छैन ।

आयोगले जिल्लामा न्यूनतम ४ र अधिकतम ७ वटा सम्म संख्या निर्धारण गर्ने सक्ने जनाएको छ तर राजनीतिक दलहरु भने संख्या ४ र ७ मा नभइ ८ मा लैजानु पर्नेमा मत राख्दै आइरुहेका छन् । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, नेकपा एमालेका सचिव पदमपाणी शर्मा, माओवादी केन्द्रका संयोजक नेत्र अधिकारीले जिल्लाको पुर्नसंरचना विगतमा गरीएको इलाका जस्तो नभएको भन्दै जिल्लामा ८ वटा संख्या निर्धारण गर्नुपर्ने बताउँदै आइरहेका छन् । उनीहरुले जिल्लाको भौगोलिक बनावटका कारण सात र ४ मा सिमित राख्न नसकिने भएकोले जिल्लामा १ नगरपालिका सहित ७ वटा गाउपालिकाको संख्या निर्धारण गर्नुपर्ने धारण राख्दै आइरहेका छन् । यद्यपी जिल्लाको जनसंख्याको हिसबाले जिल्लामा ७  वटा स्थानीय तहसमेत हुन नसक्ने विश्लेषकहरु बताउँछन् ।

राजनीतिक दलहरुमा संख्यामा विवाद नदेखिएता पनि गाविस कसरी मिलाउने भन्नेबारेमा विवाद रहदै आइरहेको छ । राजनीतिक दलहरु आआफ्नो स्थानीय तहको संख्या तोकि सोही अनुसारका नक्साङकन समेत      गरेको बुझिएको छ । दलहरुले आफ्नो मतदाताको पकेट क्षेत्रका आधारमा आआफ्नो तहगतरुमा सिमांकन गरी जिल्लाको स्थानीय तहको पुर्नसंरचना गरेको बुझिएको छ । जसका कारणले पनि जिल्लाको पुर्नसंरचनाको टुंगो अझै लाग्न सकेको छ्रैन ।

जिल्लाका सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागाइले पनि जिल्लाको पुर्नसंरचना सवै नागरिकको पहुँच हुन खालको हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले जिल्लाको पु्र्नसंरचना पछिको नागरिकले सेवा सुविधा सहज रुपमा छोटो समयमा पाउनुपर्नेमा जोड दिएका छन् तर सांसदहरु पनि आफ्नो मतदातको पकेट क्षेत्रका आधारमा स्थानीय तह बनाउन होडबाजीमा लागेको  बुझिन आएको छ ।जोशी क्षेत्र नं १ का नेका सांसद हुन भने लम्साल क्षेत्र नं २ का एमाले सांसद हुन र चापाइगाई एमालेबाट समानुपातिक सांसद हुन । जोशी र लम्सालले आफ्ना मतदातालाई केन्द्रित पारि स्थानीय तहको सख्या र मुख्य केन्द्र तोक्नको लागि ताकेता गरेको बुझिएको छ ।

राजनीतिक दलहरुमा स्थानीय तहको पुर्नसंरचनामा विवाद चुलिएसँगै स्थानीयबासी आआफ्नो धारणा र माग लिएर जिल्ला विकास समितिको कार्यालय घेराउ गर्न आउनेक्रम चलिरहेको छ । ठूलीपोखरीमा केन्द्र राख्नको लागि माग गदै ठूलीपोखरी, थापाठाना, खौला लाकुरी लगायतका गाविसका स्थानीयहरु डेलिकेशन तथा जिल्ला विकास समिति घेराउन गर्न आएका थिए ।

यता संख्यामा  कात्तिक मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउन स्थानिय निकायको     पुनर्संरचनाका लागि गठन भएको आयोग असफल भएको छ ।

साथै तराई मधेसका आठ जिल्लामा कायम विवादका कारण प्रतिवेदन बुझाउने समय पनि अनिश्चित भएको छ ।

आयोगलाई सरकारले सकेसम्म कात्तिक मसान्तभित्रै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर, प्रदेश नम्बर २ का ८ जिल्लाका प्राविधिक समितिले मधेसवादी दलहरुको अवरोधका कारण प्रतिवेदन केन्द्रमा पठाउन सकेनन् । प्रदेश नम्बर २ बाहेक कालिकोट,रुकुम, रुपन्देहीलगायतका जिल्लामा पनि प्रमुख तीन दलका नेताहरुबीच विवाद कायमै छ ।यसअघि आफैं घोषणा गरेको मितिमा प्रतिवेदन बुझाउन असफल भएको आयोगले अब मंसिर दोस्रो साताको भाका तोकेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या एवम् सिमाना निर्धारण गर्न गठित पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले मंसिर दोस्रो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने गृहकार्यमा जुटिरहेको बताए ।

मंगलबारसम्म आयोगमा ५९ जिल्लाले मात्र प्रतिवेदन पेश       गरेका छन् । आयोगले जिल्लाबाट आएको प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भए तीन दिनको समय दिएर फेरि पनि जिल्लामा पठाउने आयोगको तयारी छ । आयोगलाई प्राप्त म्याण्डेडका आधारमा स्थानिय तहको पुनसंरचनामा विवाद देखिए जिल्ला स्तरमा रहेको प्राविधिक समितिले राजनीतिक दल  र   सरोकारवालाहरुसँग छलफल गरेर समस्याको समाधान गर्ने समिति सदस्य निरज शाहले बताए । उनले विवादित जिल्लाबाट केही दिनभित्रै प्रस्तावित प्रतिवेदन पनि केन्द्रमा आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा