मङ्सिर १, काठमाडौँ | जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई ४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

आज नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १, काठमाडौँ | जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई ४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

आज नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्या"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापान सरकारद्वारा ४ वटा एम्बुलेन्स हस्तान्तरण

१ मंसिर २०७३, बुधबार ०७:४३


मङ्सिर १, काठमाडौँ | जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई ४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

आज नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नेपालका लागि जापानका राजदुत मासासीओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा मार्फत जिल्लाहरुलाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गर्नुभयो ।

नेपाल रेडक्रसका गुल्मी, प्यूठान, मोरङ् र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिहरुलाई  ती एम्वुलेन्सहरु आजै हस्तान्तरण गरिएको र प्राप्त एम्वुलेन्सहरुको लागत करिव ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले लामो समयदेखिे सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । 


हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जानपनीज राजदुत मासासीओगाआले भन्नुभयो “नेपालका ग्रामीण समुदायका मानिसहरुलाई स्वास्थ्य सेवाको खाँचो परिपूर्ति गर्न सहयोग स्वरुप यी एम्बुलेन्सहरु सहयोगी हुनेछन् ।”

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाई लगायत मानवीय सेवा कार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापनीज रेडक्रस र जापानी जनताबाट नेपाल रेडक्रस सोसाइटि उत्प्रेरीत भइ आएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटीले देशका ६७ जिल्लाका २ सय ५ स्थानबाट एम्बुलेन्स सेवा दिदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…