मङ्सिर १, काठमाडौं | नेपालमा आउँदो बैशाखदेखि यूरो ४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ माप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौं | नेपालमा आउँदो बैशाखदेखि यूरो ४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ माप"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैशाखदेखि नेपालभर युरो ४ मापदण्डको पेट्रोलियम

१ मंसिर २०७३, बुधबार ०९:२५

मङ्सिर १, काठमाडौं | नेपालमा आउँदो बैशाखदेखि यूरो ४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ मापदण्डको तेल उत्पादन, बिक्री वितरण गर्ने भएपछि नेपालमा त्यसको प्रभावस्वरुप युरो ४ इन्धन अाउने भएको हो ।

निगमले नेपालमा बिक्री वितरण गर्ने पेट्रोलिमय पदार्थका लागि भारत सरकार स्वामित्वको अाइओसी एकाधिकार प्राप्त बिक्रेता हो।  युरो–४ मापदण्डको तेलमा युरो–३ मापदण्डको तेलमा भन्दा सल्फरको मात्रा कम हुने र त्यसले वातावरणलाई वायु मण्डललाई स्वच्छ राख्न थप मद्दत मिल्ने निगमको विश्वास छ। 

केही वर्षअघि युरो–२ मापदण्डको तेल छोडेर युरो–३ मापदण्डको तेल बिक्री वितरण गरिरहेको एनओसीले अब आईओसीले उत्पादन गरी पढाउने युरो–४ मापदण्डको तेल बिक्री वितरण गर्न लागेको हो।

भारतले भने सन् २०१६ को अप्रिलदेखि नै उत्तर भारतका जम्मू–कस्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, कोलकाता, गोवालगायत मुख्य शहरहरुमा युरो–४ मापदण्डको तेल प्रयोगमा ल्याइसकेको छ । 

युरो मापदण्ड उकास्न भारतका रिफाइनरी उद्योगहरुले थप पूँजी लगानी गर्नुपर्ने हुँदा युरो–४ तेलको मूल्य वृद्धि हुने निश्चित छ। तर त्यस्तो मापदण्डको तेलमा धेरै महँगो भने पर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला