मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको ह"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ–काठमाडौँ पर्यटक बस सञ्चालन

१ मंसिर २०७३, बुधबार १०:२७

मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो । 

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गर्नुभयो । ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङमै पहिलोपटक हरियो नम्बर प्लेटको पर्यटक बस सञ्चालनमा आएको हो । यात्रुले हाल सञ्चालनमा रहेका बसमा भन्दा पर्यटक बसमा अतिरिक्त सेवासुविधा पाउनेछन् । 

“बसभित्रै शौचालयको सुविधा छ, यात्रुलाई चिया, कफी, खाजा बसभित्रै उपलब्ध हुन्छ”, अध्यक्ष खड्काले भन्नुभयो । ‘एसी’ सुविधा भएको बसमा ‘रेफ्रिजेरेटर’ पनि राखिएको छ । 

अन्य बसको तुलनामा पर्यटक बसको सिट चौडा र आरामदायी रहेको समितिका महासचिव उमेश केसीले बताउनुभयो । समितिले बसको एकतर्फी भाडा रु एक हजार दुई सय कायम गरिएको छ । 

ज्येष्ठ नागरिक, अपाङ्ग र असहायलाई भाडादरमा ३३ प्रतिशत छुट गरिएको छ । ३० सिट क्षमताका दुईवटा बसबाट सेवा सञ्चालन गरिएको समितिले जनाएको छ । प्रत्येक दिन बागलुङबाट बिहान ७ बजे र काठमाडौँ सुन्धाराबाट बिहान साढे ६ बजे बस छुट्नेछ । बस सेवाबाट बागलुङलगायत धवलागिरि क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र यात्रुले लाभ लिनेछन् । 

बुधबार बिहान छुटेको पहिलो बसका यात्रुलाई प्रजिअ पाण्डेय र समितिका पदाधिकारीले सम्मानसहित बिदाइ गरेका थिए । समितिले बुधबारदेखि नै बागलुङदेखि रौतहटको गौर र म्याग्दी बेनीदेखि भद्रपुरसम्मका लागि ‘डिलक्स’ बस सेवा सञ्चालन गरेको छ । समितिले बागलुङ–नयाँदिल्लीदेखि देशभित्र लामो तथा छोटो दूरी गरी चार सय बस बस पनि सञ्चालनमा ल्याएको छ । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो