मंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केह"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

ओखलढुंगाका एक ६९ वर्षीय वृद्ध पनि प्रयोग गर्छन ‘कण्डम’

२०७३, १ मंसिर बुधबार १०:४२

मंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केहि पछि परेको भन्ने गरिन्छ तर समुदायमा यस्ता नागरिक पनि छन् जो अहिलेका शिक्षीत नागरिकको भन्दा बढि सचेत छन् । परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग गर्ने विषयमा राज्यले लाखौँ रकम खर्चेर सचेतनाका कार्यक्रम ल्याएको छ,भने साधनहरु स्वास्थ्य संस्था मार्फत निशुल्क पनि उपलब्ध गराउँदै आएको छ,तर पनि साधनको प्रयोग गर्ने कमै छन् भन्ने विभिन्न अध्ययानहरुले देखाएको छ । तर  ओखलढुंगाका एक ७० वर्ष पुग्न लागेका वृद्ध भने आफु अहिले पनि कण्डम प्रयोग गर्ने गरेको दावी गर्छन् । प्रस्तुत छ उनै वृद्धसँग पूर्णप्रसाद न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंश ।  

बुबा कतिवर्ष हुनुभयो ? 

म ४ सालको हुँ,अहिले ६९ वर्ष लागेँ । 

छोराछोरी कतिजना हुनुहुन्छ ? अहिले को सँग बस्नुहुन्छ ? 

बढो समस्यामा पार्नुभो के भनौ हाहाहा…………. मेरा दुईवटा जहान(श्रीमती) हुन् । जेठिको ४ वर्ष अघि मृत्युु भयो, अहिले म कान्छीसँग छु । छोराछोरी दुवै तिरका गरेर ९ जना छन्, नातीनातीनाहरु नै १३ जना भईसके । 

हेर्दा त तगडा देखिनुुहुन्छ, कस्तो छ स्वास्थ्य अवस्था ?

ठिक छ हजुर,आँखा अलि कमजोर भएर पोहोर सालदेखि, ग्यास्टीकले च्याप्दै गयो, नभए अरु केहि समस्या छैन । 

केहि स्वास्थ्य समस्या देखियो भने औषधी खानुहुन्छ कि झारफुक तिर लाग्नुहुन्छ ? 

म फौजीमा काम गरेको मान्छे, झारफुकमा विश्वास गर्दिन,स्वास्थ्य संस्थामै जान्छु, भन्दा पत्याउनुहुन्न होला म अहिले ६९ वर्षको भएँ हिँजो बेलुकासम्म कण्डम प्रयोग गर्दैछु हाहाहाहा……..

हैट उमेरले डाँडा काटिसक्यो अब पनि यसो भन्दा कसरी विश्वास गर्नु त ? 

नानी,ज्यान बुढो भएपनि मन बुढो नहुँदो रहेछ ।

त्यसो त अब पनि बच्चा जन्मने सम्भावना हुन्छ र ? परिवार नियोजनको साधन अपनाउँदै हुनुहुन्छ ? 

के हो के हो नि हाहाहाहा …..  नहोस त्यहि राम्रो, उपाय अपनाउँदा झन राम्रो नि । 

चेतनाको विकास भएको मान्न सकिन्छ, तपाईबाट अरुहरुले पनि केहि सिक्नु पर्ने देखियो होईन त ?

आम्मई अहिलेका नानीहरुले यो सबै कोक्रामै सिकेका हुन्छन् अनि पो ५/६ कक्षा नपढ्दै भाग्छन् । जीवन उपयोगी कुराहरु त कति छन् कति म सँग, अहिलेका मान्छेहरु नक्कले झक्कले मात्रै देख्छु व्यवहारीक कोही छैनन्, एकादुई भेटिएपनि विश्वास गुमाई सकेका हुन्छन् ।

अहिलेका मान्छे त झन उहिलेका भन्दा शिक्षीत हुन्छन् किन त्यो भन्नु भएको ?

पढेका मान्छे सडेका हुन्छन् नानी, उहिलेको जस्तो सिप छैन, अहिले सबै कुरा मेसिन र के भन्यो हातमा सिप केहि छैन मेसिनका भरमा मान्छे कतिदिन बाँच्नु ? हातमा सिप हुने मान्छे भोकले मर्दैन ।

रमाईलो कुराकानी भयो म यो पत्रिकामा छाप्छु ल ?

हुन त हुन्छ तर अलि छाडा कुरा पनि गरियो लाज हुन्छ त्यसैले मेरो नाम ठेगाना नखुलाउनु पछि अरु राम्रा  कुरामा परिचय दिउँला, केहि भनौँला । 

साभार:  भिजन नेपाल साप्ताहिक 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति