मङ्सिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड "/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा बढाउन कर वृद्धि हुनुपर्छ: उपप्रधानमन्त्री महरा

१ मंसिर २०७३, बुधबार ११:३९

मङ्सिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महराले सबैले कर तिरे राजस्व वृद्धि हुने र राजस्व वृद्धि भएपछि त्यसको प्रतिफल जनताले पाउने बताउनुभयो । 

कर प्रशासनका कर्मचारीलाई इमान्दारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “करलाई प्रभावकारी र सहज बनाउन सरकारले काम गरिरहेको छ ।” 

राजस्व सचिव राजन खनालले सरकारले जनतासँग कर लिएपछि सेवा र सुविधा दिनुपर्छ भन्दै यसबाट मुलुकको उन्नति हुने उल्लेख गर्नुभयो । उहाँले आमजनतासँग लिएको कर तिनकै हितका लागि विकास कार्यमा उपयोग भए मात्र त्यसले सार्थकता पाउने धारणा व्यक्त गर्नुभयो । 

विभागका महानिर्देशक चूडामणि शर्माले राज्यको कर प्रणालीसम्बन्धी नीतिमा करका दरलाई सङ्ख्यात्मक र रकमका हिसाबले घटाउने र दायरा विस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले करप्रशासन र करदाताबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै करसम्बन्धी कानुन परिमार्जनको आवश्यकता आँैल्याउनुभयो । 

उत्कृष्ट करदाता सिप्रदी टे«डिङका तर्फबाट शम्भु दाहालले सबै जनताले राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो । कर दिवस यस साताभर विभिन्न कार्यक्रम गरी मनाइने विभागले जनाएको छ । 

उत्कृष्ट १५ करदाता पुरस्कृत 

विभागले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई पुरस्कृत गरेको छ । सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुुरस्कृत भएका छन् । 

त्यस्तै बढी कर तिर्ने सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी, बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक, बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स कर्पाेरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेडलाई बढी कर तिर्ने संस्थाका रुपमा पुरस्कृत भए । 

पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगतमध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…