२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डम्पिङ साइड नहुँदा बजार क्षेत्र र राजमार्ग दुर्गन्धित

२ मंसिर २०७३, बिहीबार ०६:४४

मंसिर २, बैतडी । डम्पिङ साइड नहुँदा सदरमुकामको बजार, पाटन बजार र राजमार्ग दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । 

जिल्लामा रहेका पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा फोहर फाल्ने ठाउँको अभाव रहेकाले फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । 

विसं २०५४ मा स्थापना भएको दशरथचन्द नगरपालिकामा स्थापनाकालदेखि फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको खोजी गरिए पनि अहिलेसम्म फेला पार्न नसकेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो । 

नगरपालिकाले विभिन्न क्षेत्रमा वातावरणीय प्रभाव अध्ययन गरेर तीन ठाउँ छनौट गरेपनि जमिन नपाउँदा डम्पिङ साइड निर्माण गर्न नसकेको हो उहाँले भन्नुभयो – “ नगरपालिकाले केही वर्षयतादेखि डम्पिङ साइड निर्माणको कुरालाई प्रमुखताका साथ उठाए पनि डम्पिङ साइडका लागि जमिन नहुँदा निर्माण कार्य अगाडि बढाउन नसकिएको हो ।” 

दशरथचन्द नगरपालिकाको वडा नं ६ आमपीपल, वडा नं ७ जलपौडा र वडा नं ८ रानीबुंगामा वातावरणीय हिसाबले डम्पिङ साइड निर्माण गर्न सकिने भए पनि जग्गा बिक्री गर्ने मानिस नआउँदा समस्या भएको छ । उता पाटन नगरपालिकाले पनि अहिले घाङ्ल खोलामा अस्थायी रुपमा नगरपालिकाभित्रको फोहर व्यवस्थापन गरिरहेको कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । 

स्वास्थ्यमा गम्भीर असर पार्ने 

बजारमा थुप्रेका फोहरको सही व्यवस्थापन नहुँदा विभिन्नखालका रोग लाग्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । फोहरको स्थायीरुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जिल्ला अस्पतालका डा शशि कँडेलले बताउनुभयो । 

सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिदा पानी समेत प्रदुषित हुने उहाँको गुनासो थियो । 

सडक छेउमा फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको गोठलापानीका व्यापारी खिमानन्द भट्टले बताउनुभयो । बजार क्षेत्रबाट निस्किएको फोहरलाई सबै एकै ठाउँमा राख्दा झन समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…