२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्याम्पसको महायज्ञमा करिब तीन करोड सङ्कलन

२०७३, ३ मंसिर शुक्रबार ०३:२२

मङ्सिर ३, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा रु दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । 

क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले सप्ताहव्यापी रुपमा आयोजित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा कुल रु दुई करोड ७८ लाख ४९ हजार तीन सय दुई आर्थिक सङ्कलन गरिएको महायज्ञका लेखा व्यवस्थापन उपसमितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार महायज्ञको अन्तिम दिन बिहीबार मात्रै रु ५६ लाख ८७ हजार सात सय पाँच दान सहयोग सङ्कलन भएको थियो । उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञमा प्रमुख कथावाचक पण्डित दीनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले कथावाचन गर्नुभएको थियो । 

जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएपछि स्वदेश तथा विदेशमा रहेका जिल्लावासीले उत्साहित हुँदै सहयोग गरेका छन् । 

यसैबीच, गत कात्तिक २५ गतेदेखि सुरु गरिएको उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञ बिहीबार समापन गरिएको छ । कार्यक्रममा कथावाचन गर्ने पण्डित पोख्रेल लगायतको समूहलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्माले सम्मान गर्नुभएको थियो । 

महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले धन्यबाद दिँदै महायज्ञबाट सङ्कलन भएको दान सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति