२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्याम्पसको महायज्ञमा करिब तीन करोड सङ्कलन

३ मंसिर २०७३, शुक्रबार ०३:२२

मङ्सिर ३, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा रु दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । 

क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले सप्ताहव्यापी रुपमा आयोजित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा कुल रु दुई करोड ७८ लाख ४९ हजार तीन सय दुई आर्थिक सङ्कलन गरिएको महायज्ञका लेखा व्यवस्थापन उपसमितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार महायज्ञको अन्तिम दिन बिहीबार मात्रै रु ५६ लाख ८७ हजार सात सय पाँच दान सहयोग सङ्कलन भएको थियो । उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञमा प्रमुख कथावाचक पण्डित दीनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले कथावाचन गर्नुभएको थियो । 

जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएपछि स्वदेश तथा विदेशमा रहेका जिल्लावासीले उत्साहित हुँदै सहयोग गरेका छन् । 

यसैबीच, गत कात्तिक २५ गतेदेखि सुरु गरिएको उक्त शैक्षिक महोत्सव तथा धार्मिक महायज्ञ बिहीबार समापन गरिएको छ । कार्यक्रममा कथावाचन गर्ने पण्डित पोख्रेल लगायतको समूहलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्माले सम्मान गर्नुभएको थियो । 

महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले धन्यबाद दिँदै महायज्ञबाट सङ्कलन भएको दान सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…