२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

२०७३, ३ मंसिर शुक्रबार ०७:२४

शरद शर्मा/मङ्सिर ३, धादिङ । २०७२ सालको भूकम्पपछि विद्यालय भवन भत्किएपछि चौरमा बसेर पढ्दै आएका छत्रे देउराली–४ रातमाटेस्थित भानुभक्त निम्नमाध्यामिक विद्यालयका विद्यार्थी अब पक्की भवनमा बसेर पढ्न पाउने भएका छन् । 

आधार फाउन्डेसन नेपालको पहलमा अमेरिकास्थित ‘वे एरिया नेपाल वेमन संस्था’ले छकोठे पक्की भवन बनाएपछि विद्यार्थी अबदेखि बाहिर भुइँमा बसेर पढ्न नपर्ने भएको छ । २०७२ सालको भूकम्पपछि विद्यालयको आठकोठे भवन भत्किएपछि कक्षाकोठाको अभावमा विद्यार्थी बाहिर चौरमा बसेर पढ्दै आएका थिए । 

आज विद्यालयमा आयोजित कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङलाई उक्त भवनको चाबी हस्तान्तरण गर्नुभएको छ । चाबी हस्तान्तरण गर्दै सांसद श्रेष्ठले शिक्षाको गुणस्तरमा बढाउनुपर्ने जोड दिँदै विद्यार्थी छाडेका विद्यार्थीलाई फर्काउने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक दीपक भारतीले भवन बनेपछि अब विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । ‘‘भवन भूकम्पले भत्काएपछि विद्यार्थीलाई पढाउन कक्षाकोठाको समस्या थियो’’, उहाँले भन्नुभयो, ‘‘कक्षाकोठा नभएपछि धेरै विद्यार्थीले विद्यालय छाडे ।’’ 

उहाँले भूकम्पले गर्दा कक्षाकोठा नभएपछि विद्यार्थी घटेको बताउँदै अब वैशाखदेखि पुनः विद्यार्थीलाई विद्यालयमा ल्याउने वातावरण बनाउने जानकारी गराउनुभयोे । उहाँका अनुसार भूकम्पपछि कक्षाकोठा अभावका कारण धेरै विद्यार्थीले विद्यालय छाडेर अन्यत्र गएका छन् । एक सय ५० विद्यार्थी रहेकामा उक्त विद्यालयमा भवन अभावका कारण ३० जना मात्र विद्यार्थी रहेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले भवन बनेपछि विद्यार्थीलाई पढ्ने वातावरण बनेको बताउनुभयो । अभिभावक शङ्करराज भारतीले विद्यालयको भवन बनेपछि विद्यार्थी अब भुइँमा बस्नुनपर्ने भएको भन्दै स्कुल छाडेका विद्यार्थीलाई विद्यालयमा पुनः ल्याउनुपर्ने बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष डिवी भट्टराईले शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनेर भवन बनाएको बताउनुभयो । आधार फाउन्डेसनका सदस्य रणबहादुर खड्काका अनुसार रु ३० लाख लगानीमा उक्त छकोठे पक्की भवन बनाएको जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो