२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

३ मंसिर २०७३, शुक्रबार ०७:२४

शरद शर्मा/मङ्सिर ३, धादिङ । २०७२ सालको भूकम्पपछि विद्यालय भवन भत्किएपछि चौरमा बसेर पढ्दै आएका छत्रे देउराली–४ रातमाटेस्थित भानुभक्त निम्नमाध्यामिक विद्यालयका विद्यार्थी अब पक्की भवनमा बसेर पढ्न पाउने भएका छन् । 

आधार फाउन्डेसन नेपालको पहलमा अमेरिकास्थित ‘वे एरिया नेपाल वेमन संस्था’ले छकोठे पक्की भवन बनाएपछि विद्यार्थी अबदेखि बाहिर भुइँमा बसेर पढ्न नपर्ने भएको छ । २०७२ सालको भूकम्पपछि विद्यालयको आठकोठे भवन भत्किएपछि कक्षाकोठाको अभावमा विद्यार्थी बाहिर चौरमा बसेर पढ्दै आएका थिए । 

आज विद्यालयमा आयोजित कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङलाई उक्त भवनको चाबी हस्तान्तरण गर्नुभएको छ । चाबी हस्तान्तरण गर्दै सांसद श्रेष्ठले शिक्षाको गुणस्तरमा बढाउनुपर्ने जोड दिँदै विद्यार्थी छाडेका विद्यार्थीलाई फर्काउने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक दीपक भारतीले भवन बनेपछि अब विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । ‘‘भवन भूकम्पले भत्काएपछि विद्यार्थीलाई पढाउन कक्षाकोठाको समस्या थियो’’, उहाँले भन्नुभयो, ‘‘कक्षाकोठा नभएपछि धेरै विद्यार्थीले विद्यालय छाडे ।’’ 

उहाँले भूकम्पले गर्दा कक्षाकोठा नभएपछि विद्यार्थी घटेको बताउँदै अब वैशाखदेखि पुनः विद्यार्थीलाई विद्यालयमा ल्याउने वातावरण बनाउने जानकारी गराउनुभयोे । उहाँका अनुसार भूकम्पपछि कक्षाकोठा अभावका कारण धेरै विद्यार्थीले विद्यालय छाडेर अन्यत्र गएका छन् । एक सय ५० विद्यार्थी रहेकामा उक्त विद्यालयमा भवन अभावका कारण ३० जना मात्र विद्यार्थी रहेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले भवन बनेपछि विद्यार्थीलाई पढ्ने वातावरण बनेको बताउनुभयो । अभिभावक शङ्करराज भारतीले विद्यालयको भवन बनेपछि विद्यार्थी अब भुइँमा बस्नुनपर्ने भएको भन्दै स्कुल छाडेका विद्यार्थीलाई विद्यालयमा पुनः ल्याउनुपर्ने बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष डिवी भट्टराईले शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनेर भवन बनाएको बताउनुभयो । आधार फाउन्डेसनका सदस्य रणबहादुर खड्काका अनुसार रु ३० लाख लगानीमा उक्त छकोठे पक्की भवन बनाएको जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…