मङ्सिर ३, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । 

‘"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । 

‘"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाट्टाले मङ्सिर २४ मा स्वर्ण महोत्सव मनाउने

२०७३, ३ मंसिर शुक्रबार १३:२५

मङ्सिर ३, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । 

‘नेपालको पर्यटनः राष्ट्रिय प्राथमिकताको उद्योग’ भन्ने नाराका साथ काठमाडाँैमा विशेष कार्यक्रम गरी महोत्सव मनाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

देशभरका एक हजारभन्दा बढी पर्यटन व्यवसायी कम्पनीको छाता सङ्गठनको रुपमा ५० वर्षदेखि कार्यरत नाट्टा नेपालको मात्र नभई एसियाली क्षेत्रकै पहिलो पर्यटकीय व्यावसायिक संस्था मानिन्छ । 

संस्थाले आफ्नो आरोहअवरोह पार गर्दै आधा शताब्दीको लामो अवधिमा देशभरिका ट्राभल तथा टुर अपरेटरलाई सशक्त नेतृत्व प्रदान गर्नाका साथै नेपालको पर्यटन उद्योग र निजी क्षेत्रबीच समन्वयात्मक भूमिका खेलेको विज्ञप्ति मार्फत जनाइएको छ । 

स्वर्ण महोत्सव उद्घाटनसँगै संस्थाको एक्काइसाँै अधिवेशन, गोलमेच सम्मेलन, पुरस्कार वितरण कार्यक्रम तथा विशिष्ट मनोरञ्जनात्मक कार्यक्रम तय गरिएको संस्थाले जनाएको छ । 

यस वर्ष विश्व पर्यटन व्यवसायीको छाता सङ्गठन युनाइटेड फेडरेसन ट्राभल एजेन्ट एसोसिएसनको पनि स्वर्ण महोत्सव रहेकाले उक्त संस्थाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीका अध्यक्ष र प्रतिनिधिको महोत्सवमा सहभागिता रहने नाट्टा स्वर्ण महोत्सव संयोजक सिएन पाण्डेले बताउनुभयो । 

स्वर्ण महोत्सवका अवसरमा भूकम्पबाट क्षति पुगेका पुरातात्विक संरचनाको पुनःनिर्माणलाई तीव्रता दिनका लागि सशक्त आवाज उठाउने उद्देश्यले पाटन दरबार, वसन्तपुर दरबार क्षेत्र लगायतमा सचेतनामूलक साइकल यात्राको आयोजना गरिएको नाट्टाले जनाएको छ । 

नाट्टाले कतार एअरवेजसँगको सहकार्यमा रक्तदान, कलेजका विद्यार्थीलाई पर्यटन क्षेत्रमा थप आकर्षित गर्न प्रतियोगितात्मक कार्यक्रम पनि गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति