मङ्सिर ३, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । 

‘"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । 

‘"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाट्टाले मङ्सिर २४ मा स्वर्ण महोत्सव मनाउने

३ मंसिर २०७३, शुक्रबार १३:२५

मङ्सिर ३, काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ । 

‘नेपालको पर्यटनः राष्ट्रिय प्राथमिकताको उद्योग’ भन्ने नाराका साथ काठमाडाँैमा विशेष कार्यक्रम गरी महोत्सव मनाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

देशभरका एक हजारभन्दा बढी पर्यटन व्यवसायी कम्पनीको छाता सङ्गठनको रुपमा ५० वर्षदेखि कार्यरत नाट्टा नेपालको मात्र नभई एसियाली क्षेत्रकै पहिलो पर्यटकीय व्यावसायिक संस्था मानिन्छ । 

संस्थाले आफ्नो आरोहअवरोह पार गर्दै आधा शताब्दीको लामो अवधिमा देशभरिका ट्राभल तथा टुर अपरेटरलाई सशक्त नेतृत्व प्रदान गर्नाका साथै नेपालको पर्यटन उद्योग र निजी क्षेत्रबीच समन्वयात्मक भूमिका खेलेको विज्ञप्ति मार्फत जनाइएको छ । 

स्वर्ण महोत्सव उद्घाटनसँगै संस्थाको एक्काइसाँै अधिवेशन, गोलमेच सम्मेलन, पुरस्कार वितरण कार्यक्रम तथा विशिष्ट मनोरञ्जनात्मक कार्यक्रम तय गरिएको संस्थाले जनाएको छ । 

यस वर्ष विश्व पर्यटन व्यवसायीको छाता सङ्गठन युनाइटेड फेडरेसन ट्राभल एजेन्ट एसोसिएसनको पनि स्वर्ण महोत्सव रहेकाले उक्त संस्थाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीका अध्यक्ष र प्रतिनिधिको महोत्सवमा सहभागिता रहने नाट्टा स्वर्ण महोत्सव संयोजक सिएन पाण्डेले बताउनुभयो । 

स्वर्ण महोत्सवका अवसरमा भूकम्पबाट क्षति पुगेका पुरातात्विक संरचनाको पुनःनिर्माणलाई तीव्रता दिनका लागि सशक्त आवाज उठाउने उद्देश्यले पाटन दरबार, वसन्तपुर दरबार क्षेत्र लगायतमा सचेतनामूलक साइकल यात्राको आयोजना गरिएको नाट्टाले जनाएको छ । 

नाट्टाले कतार एअरवेजसँगको सहकार्यमा रक्तदान, कलेजका विद्यार्थीलाई पर्यटन क्षेत्रमा थप आकर्षित गर्न प्रतियोगितात्मक कार्यक्रम पनि गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…