मंसिर ४, काठमाडौं | नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ४, काठमाडौं | नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तया"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ नेपालीहरूसँग भएको भारू साट्न सकिने नयाँ प्राबधान !

२०७३, ४ मंसिर शनिबार ०१:५५

मंसिर ४, काठमाडौं | नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए। 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालीले वैध रूपमा आर्जन गरेको प्रतिबन्धित दरका नोट बैंकिङ प्रणालीमा खिच्ने मोडालिटी बन्दै छ । नेपालीलाई निश्चित प्रावधान पूरा गरेर आफ्नो बैंक खातामा २५ हजार भारुसम्म जम्मा गर्न दिने मोडालिटी तयार गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तो मोडालिटी भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाइने नेपाली अधिकारीको भनाइ छ । हाल नेपालका सबै जिल्ला सदरमुकाममा बैंकिङ पहुँच पुगिसकेकाले नजिकको बैंक शाखामा गएर खाता खोल्न लगाउने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले वर्षेनी भारतीय श्रमबजारमा पुगेर नेपाल फर्कने दुर्गम इलाकाका नेपालीका लागि ग्राहक पहिचान प्रावधानमा पनि सरलीकरण गरिने बताएको छ । ‘नो योर कस्टुमर (केवाइसी) अर्थात् आफ्ना ग्राहकलाई चिन’ भन्ने प्रावधानका कारण बैंक खाता खोल्न धेरै मानिसलाई समस्या भएपछि केन्द्रीय बैंकले न्यून आय भएका ग्रामीण क्षेत्रका ग्राहकका लागि सरल केवाइसी फारम व्यवस्था गरेको छ । त्यस्तो व्यवस्थाअन्तर्गत नै बैंक खाता खोल्न प्रेरित गरिने कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।

 ‘अहिले धेरै नेपालीले बैंकमा खाता नखोलेका कारण नगद बोकेर भारतबाट नेपाल आउँदा बाटोमै पैसा लुटिने, हराउनेजस्ता समस्या भोग्नुपरेको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न पनि हामीले भारतीय श्रमबजारमा प्रवेश गर्ने नेपालीलाई बैंकिङ पहुँचमा ल्याउनु आवश्यक छ ।’ अहिले नेपालीहरू बैंक खाता नै नखोली भारत जाँदा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन नसक्ने समस्या छ ।

भारत जाने कामदारले नियमित रूपमा नेपालस्थित आफ्नो बैंक खातामा पैसा पठाउने व्यवस्था भएपछि आफ्नो कमाइ नास हुने सम्भावना हट्ने विज्ञ बताउँछन् । भारतमा कार्यरत नेपाली श्रमिकको नेपालमा रहने परिवारले यहाँको बैंकबाट पैसा निकालेर खर्च गर्न सक्ने व्यवस्था भएपछि दुर्घटना, बिरामी वा आपतकालीन घटनामा वित्तीय स्रोत परिचालन गर्नसमेत सघाउ पुग्ने अर्थशास्त्रीहरूको भनाइ छ ।

अहिलेको अवस्थामा घरमा केही समस्या भए भारत पुगेको व्यक्ति आफैँ पैसा बोकेर नेपाल आउनुपर्ने अवस्था रहेको एक बैंकरले बताए । बैंकमा पैसा जम्मा गर्ने प्रचलनले व्यक्तिगत र पारिवारिक समस्यासँग जुध्नसमेत दीर्घकालीन सुरक्षा प्रदान गर्ने उनी बताउँछन् । अर्कातिर, भारतले पटक–पटक आफ्ना मुद्रामा यस्तो प्रतिबन्ध लगाउँदै जान थालेपछि भारुप्रतिको जनविश्वास घट्न सक्छ । आफूसँग भएको पैसासमेत काम नलाग्ने अवस्थाबाट मुक्ति पाउन पनि बैंकमा जम्मा गर्ने बानीको विकास गर्न आवश्यक रहेको राष्ट्र बैंक अधिकारीहरूको भनाइ छ । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो