मंसिर ४, काठमाडौं | नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ४, काठमाडौं | नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तया"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ नेपालीहरूसँग भएको भारू साट्न सकिने नयाँ प्राबधान !

४ मंसिर २०७३, शनिबार ०१:५५

मंसिर ४, काठमाडौं | नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए। 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालीले वैध रूपमा आर्जन गरेको प्रतिबन्धित दरका नोट बैंकिङ प्रणालीमा खिच्ने मोडालिटी बन्दै छ । नेपालीलाई निश्चित प्रावधान पूरा गरेर आफ्नो बैंक खातामा २५ हजार भारुसम्म जम्मा गर्न दिने मोडालिटी तयार गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तो मोडालिटी भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाइने नेपाली अधिकारीको भनाइ छ । हाल नेपालका सबै जिल्ला सदरमुकाममा बैंकिङ पहुँच पुगिसकेकाले नजिकको बैंक शाखामा गएर खाता खोल्न लगाउने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले वर्षेनी भारतीय श्रमबजारमा पुगेर नेपाल फर्कने दुर्गम इलाकाका नेपालीका लागि ग्राहक पहिचान प्रावधानमा पनि सरलीकरण गरिने बताएको छ । ‘नो योर कस्टुमर (केवाइसी) अर्थात् आफ्ना ग्राहकलाई चिन’ भन्ने प्रावधानका कारण बैंक खाता खोल्न धेरै मानिसलाई समस्या भएपछि केन्द्रीय बैंकले न्यून आय भएका ग्रामीण क्षेत्रका ग्राहकका लागि सरल केवाइसी फारम व्यवस्था गरेको छ । त्यस्तो व्यवस्थाअन्तर्गत नै बैंक खाता खोल्न प्रेरित गरिने कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।

 ‘अहिले धेरै नेपालीले बैंकमा खाता नखोलेका कारण नगद बोकेर भारतबाट नेपाल आउँदा बाटोमै पैसा लुटिने, हराउनेजस्ता समस्या भोग्नुपरेको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न पनि हामीले भारतीय श्रमबजारमा प्रवेश गर्ने नेपालीलाई बैंकिङ पहुँचमा ल्याउनु आवश्यक छ ।’ अहिले नेपालीहरू बैंक खाता नै नखोली भारत जाँदा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन नसक्ने समस्या छ ।

भारत जाने कामदारले नियमित रूपमा नेपालस्थित आफ्नो बैंक खातामा पैसा पठाउने व्यवस्था भएपछि आफ्नो कमाइ नास हुने सम्भावना हट्ने विज्ञ बताउँछन् । भारतमा कार्यरत नेपाली श्रमिकको नेपालमा रहने परिवारले यहाँको बैंकबाट पैसा निकालेर खर्च गर्न सक्ने व्यवस्था भएपछि दुर्घटना, बिरामी वा आपतकालीन घटनामा वित्तीय स्रोत परिचालन गर्नसमेत सघाउ पुग्ने अर्थशास्त्रीहरूको भनाइ छ ।

अहिलेको अवस्थामा घरमा केही समस्या भए भारत पुगेको व्यक्ति आफैँ पैसा बोकेर नेपाल आउनुपर्ने अवस्था रहेको एक बैंकरले बताए । बैंकमा पैसा जम्मा गर्ने प्रचलनले व्यक्तिगत र पारिवारिक समस्यासँग जुध्नसमेत दीर्घकालीन सुरक्षा प्रदान गर्ने उनी बताउँछन् । अर्कातिर, भारतले पटक–पटक आफ्ना मुद्रामा यस्तो प्रतिबन्ध लगाउँदै जान थालेपछि भारुप्रतिको जनविश्वास घट्न सक्छ । आफूसँग भएको पैसासमेत काम नलाग्ने अवस्थाबाट मुक्ति पाउन पनि बैंकमा जम्मा गर्ने बानीको विकास गर्न आवश्यक रहेको राष्ट्र बैंक अधिकारीहरूको भनाइ छ । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…