प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

गाला चाउरी परिसकेका छन् । उमेरले ८० वर्ष, समाजले वहाँलाई जेष्ठ नागरिकको दर्जा दिइसकेको छ । राज्यबाट पनि पाउनु पर्ने सामाजिक सेवा सुविधाहरु पाइरहनु भएको छ वहाँले तर अकस्मात वहाँको अनुहार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

गाला चाउरी परिसकेका छन् । उमेरले ८० वर्ष, समाजले वहाँलाई जेष्ठ नागरिकको दर्जा दिइसकेको छ । राज्यबाट पनि पाउनु पर्ने सामाजिक सेवा सुविधाहरु पाइरहनु भएको छ वहाँले तर अकस्मात वहाँको अनुहार"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असी वर्षमा उर्लिएकाे छेदनाकोे यो खुशी

४ मंसिर २०७३, शनिबार १०:२१

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

गाला चाउरी परिसकेका छन् । उमेरले ८० वर्ष, समाजले वहाँलाई जेष्ठ नागरिकको दर्जा दिइसकेको छ । राज्यबाट पनि पाउनु पर्ने सामाजिक सेवा सुविधाहरु पाइरहनु भएको छ वहाँले तर अकस्मात वहाँको अनुहारमा खुशीको लहर छाएको छ । 

सुनौलो महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभामा शनिबार आफू जेष्ठ नागरिकको रुपमा सम्मानित हुन पाउँदा संस्थाकी जेष्ठ सेयर सदस्य छेदना गोडिया खुशीले केहीबेर त सम्मान गरिएको दोसल्लाले नै मुख छोप्नुभयो । पत्रकारले फोटो खिच्न खोज्दा झनै मुख छोप्नुभयो र मुख नछोप्न आग्रह गरेपछि हेरेर हास्नुभयो मुसुक्क यसरी ।


कूल सेयर सदस्यहरु ७ सय ९० रहेको यो सहकारी संस्थाको प्रगति र यसको काम गर्ने शैलीले अाफ्नो अलग पहिचान बनाउन सफल भएकोमा बधाई ज्ञापन गर्नुहुँदै विशेष अतिथितिका रुपमा रहनु भएकी महिला तथा बालबालिका कार्यालयका अधिकृत गिरा बस्नेतले पुरुषहरुले चलाएका सहकारी संस्थाहरु भन्दा महिलाहरुले नेतृत्व लिएर सञ्चालन गरेका सहकारीहरुले सहकारीका ७ ओटा सिद्धान्तहरुको परिपालना गर्न सतप्रतिशत सक्षम भएको दावी गर्नुभयो । 


कार्यक्रममा संस्थाका अध्यक्ष इन्दिरा सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाको प्रगतिमा सबै महिला दिदीबहिनीहरुको मिहिनेत, रगत र पसिना बगेको कारणले आज यहाँ सम्म आउन सफल भएको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि अझ सक्रियताको अपेक्षा गर्नुभएको थियो । 

यसैगरी संस्थाको आर्थिक प्रतिवेदन संस्थाका उपाध्यक्ष बद्रिकला आचार्यले प्रस्तुत गर्नुभएको थियो । डिभिजन सहकारी कार्यालय बर्दियाका अधिकृत लक्ष्मी कुमार वि.क. को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचत समूह सुरुची महिला बचत समूहलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट कर्जा उद्यमी वसन्ती थारु, शान्ति के.सी. लाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा संस्थाका दिवंगत सदस्यहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक खुमा पोखरेलले गर्नुभएको थियो । 


कार्यक्रममा सहभागीहरु ……………..



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो