प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

गाला चाउरी परिसकेका छन् । उमेरले ८० वर्ष, समाजले वहाँलाई जेष्ठ नागरिकको दर्जा दिइसकेको छ । राज्यबाट पनि पाउनु पर्ने सामाजिक सेवा सुविधाहरु पाइरहनु भएको छ वहाँले तर अकस्मात वहाँको अनुहार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

गाला चाउरी परिसकेका छन् । उमेरले ८० वर्ष, समाजले वहाँलाई जेष्ठ नागरिकको दर्जा दिइसकेको छ । राज्यबाट पनि पाउनु पर्ने सामाजिक सेवा सुविधाहरु पाइरहनु भएको छ वहाँले तर अकस्मात वहाँको अनुहार"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असी वर्षमा उर्लिएकाे छेदनाकोे यो खुशी

२०७३, ४ मंसिर शनिबार १०:२१

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

गाला चाउरी परिसकेका छन् । उमेरले ८० वर्ष, समाजले वहाँलाई जेष्ठ नागरिकको दर्जा दिइसकेको छ । राज्यबाट पनि पाउनु पर्ने सामाजिक सेवा सुविधाहरु पाइरहनु भएको छ वहाँले तर अकस्मात वहाँको अनुहारमा खुशीको लहर छाएको छ । 

सुनौलो महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभामा शनिबार आफू जेष्ठ नागरिकको रुपमा सम्मानित हुन पाउँदा संस्थाकी जेष्ठ सेयर सदस्य छेदना गोडिया खुशीले केहीबेर त सम्मान गरिएको दोसल्लाले नै मुख छोप्नुभयो । पत्रकारले फोटो खिच्न खोज्दा झनै मुख छोप्नुभयो र मुख नछोप्न आग्रह गरेपछि हेरेर हास्नुभयो मुसुक्क यसरी ।


कूल सेयर सदस्यहरु ७ सय ९० रहेको यो सहकारी संस्थाको प्रगति र यसको काम गर्ने शैलीले अाफ्नो अलग पहिचान बनाउन सफल भएकोमा बधाई ज्ञापन गर्नुहुँदै विशेष अतिथितिका रुपमा रहनु भएकी महिला तथा बालबालिका कार्यालयका अधिकृत गिरा बस्नेतले पुरुषहरुले चलाएका सहकारी संस्थाहरु भन्दा महिलाहरुले नेतृत्व लिएर सञ्चालन गरेका सहकारीहरुले सहकारीका ७ ओटा सिद्धान्तहरुको परिपालना गर्न सतप्रतिशत सक्षम भएको दावी गर्नुभयो । 


कार्यक्रममा संस्थाका अध्यक्ष इन्दिरा सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाको प्रगतिमा सबै महिला दिदीबहिनीहरुको मिहिनेत, रगत र पसिना बगेको कारणले आज यहाँ सम्म आउन सफल भएको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि अझ सक्रियताको अपेक्षा गर्नुभएको थियो । 

यसैगरी संस्थाको आर्थिक प्रतिवेदन संस्थाका उपाध्यक्ष बद्रिकला आचार्यले प्रस्तुत गर्नुभएको थियो । डिभिजन सहकारी कार्यालय बर्दियाका अधिकृत लक्ष्मी कुमार वि.क. को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचत समूह सुरुची महिला बचत समूहलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट कर्जा उद्यमी वसन्ती थारु, शान्ति के.सी. लाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा संस्थाका दिवंगत सदस्यहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक खुमा पोखरेलले गर्नुभएको थियो । 


कार्यक्रममा सहभागीहरु ……………..



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति