मनिष गुप्ता/मङ्सिर ४, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” मा २० हजार दर्शकद्वारा मेला अवल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता/मङ्सिर ४, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” मा २० हजार दर्शकद्वारा मेला अवल"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२० हजार दर्शकद्वारा मेला अवलोकन

२०७३, ४ मंसिर शनिबार १५:११


मनिष गुप्ता/मङ्सिर ४, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” मा २० हजार दर्शकद्वारा मेला अवलोकन गरिएको छ ।

ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, मनोञ्जनात्मक बालउद्यानले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन शनिबार झण्डै २० हजार दर्शकले मेला अवलोकन गरेको गेट टिकट विक्रीवितरण उपसमिति संयोजक गोविन्द ढुंगानाले जानकारी दिए । शनिबार मात्र झण्डै १० लाख बराबरको कारोबार भएको ढुंगानाले बताए । शनिबार कार्यालय विदाको दिन परेकाले पनि दर्शकको उल्लासपूर्ण सहभागिता भएको ढुंगानाको भनाई थियो ।

राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारी, लोक गायिका बन्दना पाण्डे, आधुनिक गायक रुपक डोटेल र हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुतिले स्टेजअगाडि दर्शकहरु खचाखच भरिएका थिए । कलाकारहरुको प्रस्तुतिसँगै दर्शकहरु निकै उत्साहित देखिन्थे । त्यतिमात्र होइन हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्र, चन्द्रौटा डान्स आइडल र स्थानीय विद्यालयका बालबालिकाहरुको प्रस्तुतिसँगै दर्शकहरु रमाएका थिए । यस्तै बालउद्यान र विभिन्न स्टलहरुमा समेत दर्शकहरुको उस्तै उपस्थिति रहेको थियो ।

दर्शकहरुको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै मंसिर ५ गते आइतबारका दिन राष्ट्रिय लोक गायक विधान कार्की, लोक गायिका देबी घर्ती, आधुनिक गायक हेमन्त शर्मा र स्थानीय कलाकार शिव खनालको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।

मेलालाई व्यवस्थित र शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेराद्वारा सचिवालयमै बसेर महोत्सव अवलोकन गरिने व्यवस्था मिलाइएको प्रविधि संयोजक माधव घिमिरेले बताए । महोत्सवमा आउने दर्शकहरुलाई प्रविधि सम्बन्धी विभिन्न प्रदर्शनी एवं विक्री वितरण स्टलका साथै अवलोकनकर्तालाई परामर्श समेत दिंदै आएको प्रविधि संयोजक घिमिरेले बताए ।

“कृषि पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारासहित यही मंसिर २ गतेदेखि १२ गतेसम्म महोत्सव संचालन हुने महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताएका छन् । स्थानीय कृषि उत्पादनको बजारीकरण, विक्रीवितरण तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका साथै बहादुरगञ्जस्थित सर्पदंश उपचारकेन्द्रलाई प्रति टिकट रु १ सहयोग गर्ने उद्देश्यले मेला संचालन गरिएको उनले बताएका छन् । मेलालाई भव्य, सभ्य र सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न गर्न महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले सबैलाई महोत्सव अवलोकन गर्न आउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु