२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

५ मंसिर २०७३, आईतवार ०३:०७

मङ्सिर ५, बैतडी । बैतडीको पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् । 

यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब रु नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख एवम् सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिनुभयो । 

पाटनलाई सांस्कृतिक नगरीका रुपमा नमुना सहर बनाउने कार्यअन्तर्गत काम भइरहेको छ उहाँले भन्नुभयो – “चालु आवमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइडसम्म पुग्ने बाटो निर्माण कार्य भइरहेको छ ।” 

यस्तै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने, चिस्यान केन्द्र बनाउने र सिटी हल निर्माणको कार्य समेत चालु आवमा सुरु गरिने आयोजना प्रमुख शाहले बताउनुभयो । 

यस्तै पाटन नगरपालिकामा रहेको पताल भूमेश्वर एसियाकै लामो गुफा भएकाले यसको प्रचारप्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ सहर आयोजना कार्यालय, पाटन बैतडीले जनाएको छ । पाटन प्याराग्लाइडिङका लागि पनि निकै राम्रो ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना रहेको जनाइएको छ । 

विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन सहरको विकास भइसकेपश्चात् यो क्षेत्रका युवाका लागि रोजगारीका सम्भावना रहेको छ । अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँ सराइ गरिरहेको र हजारौँ युवा शक्ति विदेश गइरहेकाबेला पाटन नै नयाँसहर बनिसकेपछि यस कार्यको अन्त्य हुने स्थानीय वसन्त विष्टले भनाइ रहेको छ । 

सरकारले आव २०६७÷६८ मा पाटनसहित १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु