२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अबरुद्ध भएको बिद्युत ७ महिनापछि पुन: सुचारु

२०७३, ५ मंसिर आईतवार ०३:४६

दिनेश न्यौपाने/मङ्सिर ५, अछाम । अछामको पुर्बी क्षेत्रमा अबरुद्ध भएको बिद्युत सेवा ७ महिना पछि पुन सुचारु भएको छ । 

उक्त परियोजनाको निर्माणको नहर भत्किएर अबरुद्ध भएको बिद्युत नहरको पुर्ननिर्माण भए पछि पुन सुचारु भएको हो । ०७३ साल जेठ ६ गते आएको भिषण वर्षाले उक्त आयोजनाको नहर बगाएपछि विनायक, लयाँटि, कालीकास्थान, र बारला गाबिसका १ हजार स्थानियहरु अन्धकारमा बस्न बाध्य भएका थिए । 

करिब ५ बर्षको निकै लामो समय पछि सुचार भएको बिद्युत सेवा २०७२ साल माघ १९ गते परियोजनाको निर्माण कार्य सम्पन्न हुदा बिद्युत माघ महिनामा सुचारु भएको थियो । त्यसैको ठिक ३ महिना पछि अर्थात जेठ महिनामा बिद्युत अबरुद्ध भएको थियो । 

नहर भत्किएर अन्धकारमय बनेका अछामको पुर्बी क्षेत्रका जनताका तिज, दशै, तिहार लगाएका चाँड पर्बहरु अन्धकारमय रुपमै बितेका हुन् । करीब ३ करोड ९४ लाखको लागतमा  निमार्ण सम्पन्न भएको उक्त तालागाड लघु जल विद्युत आयोजनाले विनायक लयाँटि कालीकास्थान र बारला गाबिसका १ हजार  स्थानिय प्रत्यक्ष्य रुपमा लाभाम्बीत भएका छन् । 

यस क्षेत्रका जनताको बिजुली बाल्ने सपना पुन साकार बन्न पुगेको छ । बिद्युत सुचारु भए पछि अछामको पुर्वि क्षेत्रमा रहेको मुख्य व्यापारीक केन्द्र बिनायक बजार लगाएत गाउहरु झिलिमिली बनेका छन् । स्थानिय बासि, बिद्यार्थि, ब्यापारीहरुमा खुसियालि छाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति