२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

६ मंसिर २०७३, सोमबार ०२:३७

मङ्सिर ६, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । 

जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । सो पुल निर्माणको जिम्मा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुरले पाएको छ । 

प्रालिका कार्यकारी निर्देशक तिर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य १५ महिनाभित्रै पूरा गरिने छ । महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुत्तियाकरभरका ४० बढी परिवार पुल नहुँदा डुङ्गामा जोखिम पूर्ण यात्रा गर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पुल निर्माण गर्ने प्रतिबद्धता गरे बमोजिम पुल बन्न लागेको बताइएको छ । 

नगरपालिकामा आधारभूत मार्गदर्शन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन 

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण आधारभूत मार्गदर्शन विपरीत भवन निर्माणको कार्य हुन थालेको छ । 

नगरपालिकाले मार्गदर्शन लागू गरे पनि प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा मापदण्डअनुरुपका भवन निर्माण हुन नसकेका हुन । मार्गदर्शन र भवन संहिताअनुरुप भूकम्प प्रतिरोधी भवन निर्माणका लागि चार जनाले मात्रै नक्सापास गराएको नगरपालिकाका सब इन्जिनियर टेकेन्द्रप्रसाद भट्टले बताउनुभयो । 

“नगरपालिका घोषणा हुनु अघि बिना मापदण्ड निर्माण गरिएका २७१ वटा घरको अभिलेखीकरणको कार्य गरेका छौँ” उहाँले भन्नुभयो । घर निर्माण गर्दा अनिर्वाय नक्सा स्वीकृत गराउनु पर्ने नियम लागू गरिएको भए पनि अधिकांशले नक्सापास नगरिकनै भवन निर्माण गरिरहेको पाएका छौँ नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो, “तोकिएको मापदण्ड विपरीत घर निर्माण गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।” 

त्यस्तै नगरपालिका भित्र जग्गा प्लटिङ गर्दा आठ मिटर चौडाइको सडक, विद्युत्, खानेपानी, ढल निकास, टेलिफोन र खुला ठाउँको व्यवस्था प्लटिङ कर्ताले आफ्नै निजी लगानीमा अनिर्वाय गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…