मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झ"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्ततः तिर्यो पोखराको भाटभटिनीले कर

६ मंसिर २०७३, सोमबार ०६:२५

मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झन्डै ७४ लाख रुपैयाँ बुझाएको छ ।

सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले लाखौं भार बेहोर्नु परेको छ । पोखरा उपमहानगरपालिकाका कर अधिकृत शिवहरि शर्माले दिएको जानाकारी अनुसार भाटभटेनीले नियमानुसार प्रक्रिया नपु¥याएपछि जरिवानासहित बक्यौता रकम दाखिला गरको  हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर चक्र लालचनले नगरपालिकालाई जरिवाना, बक्यौतासहितको रकम बुझाएका थिए । भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत मात्र ५८ लाख रुपैयाँ नगरपालिकामा दाखिला गरेको छ । 

यस्तै समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार रुपैयाँ र २ वर्षको एकीकृत करबापत १ लाख ६० हजार रुपैयाँ बुझाएको हो । नगरपालिकाबाट नक्सापासको प्रक्रिया समेत पूरा नगरी भाटभटेनीले भवन निर्माण गरेको थियो ।

हामीले पटकपटक ताकेता गरेका थियौं । नियम नमानेकै कारण जरिवाना तिर्नुपरेको हो, शर्माले भने । प्रक्रिया नै नपु¥याई नगरपालिका नजिकै त्यत्रो भवन निर्माण हुँदा चुप लागेर बस्नु नगरपालिकाको लापरबाही भएको धेरैको भनाइ छ । भाटभटेनीले नक्सा प्रक्रिया नै पूरा नगरी निर्माण गरेबापत १४ लाख जरिवानासहित २८ लाख ७५ हजार ९ सय ५३ रुपैयाँ तिरेको छ । १४ लाख नै जरिवानासहित २८ लाख ५८ हजार ८ सय ५ रुपैयाँ घरजग्गा कर बुझाएको छ ।

भाटभटेनीले पहिले करिब १७/१८ लाख रुपैयाँ खर्चेर नक्सा पास गरेको थियो । अहिले १४ लाख रुपैयाँ तिरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ हुन् । प्रक्रिया पूरा गर्न पोखरा उपमहानगरपालिकाले सूचना नै जारी गरेको थियो । पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले ठूला करदाताको पहिचान गरी उनीहरुको करको दायित्व एकिन गरेर कर तिर्न पत्राचार गर्ने कार्यलाई नगरपालिकाले अगाडि बढाउने बताए । 

‘हामी करमै केन्द्रित छौ,’ उनले भने,‘ ठूला करदाताको करको दायित्व एकिन गरेर कर तिर्न आग्रह गर्दा पनि नतिरे अन्य संघ संस्थाको समन्वयमा कारबाही अगाडि बढाउँछौ ं ।’ उनले कर छल्न खोज्नेलाई अब नगरपालिकाले कारबाही गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…