मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झ"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्ततः तिर्यो पोखराको भाटभटिनीले कर

२०७३, ६ मंसिर सोमबार ०६:२५

मंसिर ६, पोखरा । भवन निर्माण गर्दा स्थानीय निकायबाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याइ बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि पोखराको भाटभटेनीले झन्डै ७४ लाख रुपैयाँ बुझाएको छ ।

सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले लाखौं भार बेहोर्नु परेको छ । पोखरा उपमहानगरपालिकाका कर अधिकृत शिवहरि शर्माले दिएको जानाकारी अनुसार भाटभटेनीले नियमानुसार प्रक्रिया नपु¥याएपछि जरिवानासहित बक्यौता रकम दाखिला गरको  हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर चक्र लालचनले नगरपालिकालाई जरिवाना, बक्यौतासहितको रकम बुझाएका थिए । भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत मात्र ५८ लाख रुपैयाँ नगरपालिकामा दाखिला गरेको छ । 

यस्तै समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार रुपैयाँ र २ वर्षको एकीकृत करबापत १ लाख ६० हजार रुपैयाँ बुझाएको हो । नगरपालिकाबाट नक्सापासको प्रक्रिया समेत पूरा नगरी भाटभटेनीले भवन निर्माण गरेको थियो ।

हामीले पटकपटक ताकेता गरेका थियौं । नियम नमानेकै कारण जरिवाना तिर्नुपरेको हो, शर्माले भने । प्रक्रिया नै नपु¥याई नगरपालिका नजिकै त्यत्रो भवन निर्माण हुँदा चुप लागेर बस्नु नगरपालिकाको लापरबाही भएको धेरैको भनाइ छ । भाटभटेनीले नक्सा प्रक्रिया नै पूरा नगरी निर्माण गरेबापत १४ लाख जरिवानासहित २८ लाख ७५ हजार ९ सय ५३ रुपैयाँ तिरेको छ । १४ लाख नै जरिवानासहित २८ लाख ५८ हजार ८ सय ५ रुपैयाँ घरजग्गा कर बुझाएको छ ।

भाटभटेनीले पहिले करिब १७/१८ लाख रुपैयाँ खर्चेर नक्सा पास गरेको थियो । अहिले १४ लाख रुपैयाँ तिरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ हुन् । प्रक्रिया पूरा गर्न पोखरा उपमहानगरपालिकाले सूचना नै जारी गरेको थियो । पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले ठूला करदाताको पहिचान गरी उनीहरुको करको दायित्व एकिन गरेर कर तिर्न पत्राचार गर्ने कार्यलाई नगरपालिकाले अगाडि बढाउने बताए । 

‘हामी करमै केन्द्रित छौ,’ उनले भने,‘ ठूला करदाताको करको दायित्व एकिन गरेर कर तिर्न आग्रह गर्दा पनि नतिरे अन्य संघ संस्थाको समन्वयमा कारबाही अगाडि बढाउँछौ ं ।’ उनले कर छल्न खोज्नेलाई अब नगरपालिकाले कारबाही गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो