मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । 

गरिब घरपरिवार सहयोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । 

गरिब घरपरिवार सहयोग"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

६ मंसिर २०७३, सोमबार १२:०२

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । 

गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराउनुभयो । उहाँले गरिबको पहिचान गरी परिचयपत्र बनाउने प्रक्रिया सुरु गरिसकिएको जानकारी गराउँदै भन्नुभयो, “सबै तयारी पूरा गरेर परिचय बनाउने कार्य हुँदैछ । अब चाँडै मन्त्रिपरिषद्बाट परिचयपत्र बाँड्ने निर्णय गर्छौँ । ” 

पहिलो चरणमा परिचयपत्र बाडिने जिल्लाहरु:  

जुम्ला, हुम्ला, मुगु भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बाजुरा, बझाङ, गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, कालीकोट, कैलाली र कपिलवस्तु । 

बोर्डले पहिलो चरणमा ती २५ जिल्लाबाट १२ लाख ४० हजार ३५० घरघुरीको सर्वेक्षण गर्दा तीन लाख ३६ हजार ४१८ घरपरिवार गरिबीको रेखामुनि रहेको पहिचान गरेको हो । मन्त्री थानीले ती जिल्लामा गई परिचयपत्र वितरण गरिने बताउँदै ती पहिचान गरिएका गरिबलाई आयमूलक र सीपमूलक शिक्षा दिएर आत्मनिर्भर गराइने छ भन्नुभयो । उहाँले चालु आवमा बाँकी रहेका ५० जिल्लामा गरिबी पहिचान गरी काम सुरु हुने जानकारी गराउँदै अर्को वर्षसम्म सबै गरिबलाई परिचयपत्र वितरण गरिने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो