सास । मंसिर ६, बर्दिया ।

जिल्ला सदरमुकामस्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यार्थी बचत समूहको गठन गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ६, बर्दिया ।

जिल्ला सदरमुकामस्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यार्थी बचत समूहको गठन गरेका छन् ।

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यसरी लिँदैछन् विद्यार्थीहरु व्यवहारिक ज्ञान

६ मंसिर २०७३, सोमबार १४:११

सास । मंसिर ६, बर्दिया ।

जिल्ला सदरमुकामस्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यार्थी बचत समूहको गठन गरेका छन् ।

 

बगलामुखी बचत समूहमा अावद्ध विद्यार्थीहरु ….

बगलामुखी राधाकुष्ण थारु माध्यमिक विद्यालयका छात्रछात्राहरुले भविष्य सुनिश्चित गर्ने सीपको विकासका लागि तथा आफूले अध्ययन गरेका विषयवस्तुहरुलाई व्यवहारिक रुपमा ज्ञान हासिल गर्न बगलामुखी बचत समूह नामक समूह गठन गरेका हुन् । पुष्पा विष्टको अध्यक्षता गठिन यो समूहले मासिक रुपमा थोरै भएपनि नियमित बचत गर्ने, बैँक खाता खोलेर जम्मा गर्ने, साथीहरुबीच आवश्यक परेमा लगानी गर्ने अध्यक्ष विष्टले बताउनुभयो । ‘यस समूहबाट हामीले बचतको प्रकृया र बैङ्किङ प्रकृयाका बारेमा आफैले काम गरेर जानकारी लिनेछौँ यसले हामीलाई पढेका विषयहरु बुझन् झन् सहज हुन्छ,’ अध्यक्ष विष्टले बताउनुभयो । साथै थोरै थोरै बचत गरेर नै धेरै रकम जम्मा गर्न सकिने हुनाले पछि उच्च शिक्षा अध्ययनका लागि पनि केही टेवा पुगोस् भनेर हामीले यो सोच बनाएका हौँ, अध्यक्ष विष्टले बताउनुभयो ।

बचत समूंहको जिम्मेवार टिम ….

आजै गठन गरिएको ‘बगलामुखी विद्यार्थी बचत समूह’ को उपाध्यक्षमा रिता पुन, सचिवमा सोनम पुन, कोषाध्यक्षमा रातिका चौधरी र सदस्यहरुमा सुरज चौधरी, आकृति पण्डित र शुसिल चौधरी रहनुभएको छ ।

‘कक्षामा सैद्धान्तिक ज्ञान मात्रै लिनु भन्दा व्यवस्थापन विषयका विद्यार्थीहरुले यसरी वित्तीय ज्ञानलाई व्यवहारिक रुपमा सिक्न सकिने भएकोले हामीले यो कार्य आरम्भ गरेका हौ’ कोषाध्यक्ष रातिका चौधरीले बताउनुभयो । 

साथै बगलामुखी विद्यार्थी बचत समूहको सल्लाहकार संयोजकमा प्रधानाध्यापक भेजेन्द्र बहादुर थापा, शिक्षकद्वय रमा चपाईं र प्रभात सुवेदीलाई राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक