सास । मंसिर ६, बर्दिया ।

जिल्ला सदरमुकामस्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यार्थी बचत समूहको गठन गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ६, बर्दिया ।

जिल्ला सदरमुकामस्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यार्थी बचत समूहको गठन गरेका छन् ।

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यसरी लिँदैछन् विद्यार्थीहरु व्यवहारिक ज्ञान

२०७३, ६ मंसिर सोमबार १४:११

सास । मंसिर ६, बर्दिया ।

जिल्ला सदरमुकामस्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यार्थी बचत समूहको गठन गरेका छन् ।

 

बगलामुखी बचत समूहमा अावद्ध विद्यार्थीहरु ….

बगलामुखी राधाकुष्ण थारु माध्यमिक विद्यालयका छात्रछात्राहरुले भविष्य सुनिश्चित गर्ने सीपको विकासका लागि तथा आफूले अध्ययन गरेका विषयवस्तुहरुलाई व्यवहारिक रुपमा ज्ञान हासिल गर्न बगलामुखी बचत समूह नामक समूह गठन गरेका हुन् । पुष्पा विष्टको अध्यक्षता गठिन यो समूहले मासिक रुपमा थोरै भएपनि नियमित बचत गर्ने, बैँक खाता खोलेर जम्मा गर्ने, साथीहरुबीच आवश्यक परेमा लगानी गर्ने अध्यक्ष विष्टले बताउनुभयो । ‘यस समूहबाट हामीले बचतको प्रकृया र बैङ्किङ प्रकृयाका बारेमा आफैले काम गरेर जानकारी लिनेछौँ यसले हामीलाई पढेका विषयहरु बुझन् झन् सहज हुन्छ,’ अध्यक्ष विष्टले बताउनुभयो । साथै थोरै थोरै बचत गरेर नै धेरै रकम जम्मा गर्न सकिने हुनाले पछि उच्च शिक्षा अध्ययनका लागि पनि केही टेवा पुगोस् भनेर हामीले यो सोच बनाएका हौँ, अध्यक्ष विष्टले बताउनुभयो ।

बचत समूंहको जिम्मेवार टिम ….

आजै गठन गरिएको ‘बगलामुखी विद्यार्थी बचत समूह’ को उपाध्यक्षमा रिता पुन, सचिवमा सोनम पुन, कोषाध्यक्षमा रातिका चौधरी र सदस्यहरुमा सुरज चौधरी, आकृति पण्डित र शुसिल चौधरी रहनुभएको छ ।

‘कक्षामा सैद्धान्तिक ज्ञान मात्रै लिनु भन्दा व्यवस्थापन विषयका विद्यार्थीहरुले यसरी वित्तीय ज्ञानलाई व्यवहारिक रुपमा सिक्न सकिने भएकोले हामीले यो कार्य आरम्भ गरेका हौ’ कोषाध्यक्ष रातिका चौधरीले बताउनुभयो । 

साथै बगलामुखी विद्यार्थी बचत समूहको सल्लाहकार संयोजकमा प्रधानाध्यापक भेजेन्द्र बहादुर थापा, शिक्षकद्वय रमा चपाईं र प्रभात सुवेदीलाई राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति