२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहार यता लोडसेडिङ नहुँदा १६ अर्बको डिजेल बचत

२०७३, ६ मंसिर सोमबार १५:२७

मंसिर ६, काठमाडौं । तिहारयता काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा लोडसेडिङ अन्त्य भएपछि १६ अर्ब बराबरको इन्धन बचेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजना गरेको छलफलका सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य गरिएपछि राजधानीमा मात्र १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङ्क सुनाए ।

उद्योगमा लोडसेडिङ हट्दा राहत पुगेको भन्दै उनले यो अभियानलाई जारी राख्न महासङ्घले पूर्ण सहयोग गर्ने बताएका छन् ।

अर्का सहभागी ज्ञानेन्द्रलाल प्रधानले तत्कालका लागि ऊर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने तबताए ।

होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रतिनिधिले विद्युत्भार कटौती अन्त्यसँगै डिजेल खर्चमा कमी आई होटललाई ठूलो राहत पुगेको बताए । साथै आवश्यक परेका बेलामा होटेलसँग भएको डिजेल जेनेरेटरमार्फत सरकारलाई विद्युत् उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

हाउजिङ एसोसिएसनका प्रतिनिधिले नेपाल सरकारलाई आवश्यक परेमा २५-३० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सकिने भएकाले अपार्टमेन्टका छत उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपाल प्रहरीका प्रतिनिधिले विद्युत् चोरीलाई पनि अन्य चोरी सरह सजायको कानुन बनाएमा प्रहरीले विद्युत् चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने वचन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति