मङ्सिर ८, ओखलढुंगा । ओखलढुंगाको वाक्साका शन्त कुमार राई अहिले कलाकारितामा आफ्नो भविष्य खोज्दै छन् । पत्रकारिता विषयमा १२ पास गरेका राईले फिल्म र नाटक सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ८, ओखलढुंगा । ओखलढुंगाको वाक्साका शन्त कुमार राई अहिले कलाकारितामा आफ्नो भविष्य खोज्दै छन् । पत्रकारिता विषयमा १२ पास गरेका राईले फिल्म र नाटक सम"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलाकारितामा जम्दै शन्त

२०७३, ८ मंसिर बुधबार ०१:४०


मङ्सिर ८, ओखलढुंगा । ओखलढुंगाको वाक्साका शन्त कुमार राई अहिले कलाकारितामा आफ्नो भविष्य खोज्दै छन् । पत्रकारिता विषयमा १२ पास गरेका राईले फिल्म र नाटक सम्बन्धि देश र विदेशका विभिन्न ठाउँबाट अध्ययान र तालिम लिएका छन् । उनि राष्ट्रिय नाचघर जमलका पनि विद्यार्थी हुन् ।

स्वरुप राज आचार्यको स्वरमा रहेको गित माया केहो थाहा पाएँ बाट मोडल क्षेत्रमा प्रवेश गरेका राई नयन राज पाण्डेको बहुचर्चित उपन्यास उल्लार बाट रङ्गमञ्चमा पाहिला टेकेका हुन् । उल्लार देखि लक्ष्मि प्रसाद देबकोटाको मुना मदन गितिनाटक सम्म आउदा दुई दर्जन भन्दा माथी रङमन्चमा शन्तले काम गरिसकेका छन् । 

विशेषगरी बिरेन्द्र हमाल प्रभाकर देभ शर्मा,रामबाबु रेग्मी र सुरज अधिकारीलाई आफनो गुरु ठान्दै रङ्गमन्चमा निकै राम्रो प्रशंसा बटुलेका शन्तले केही चलचित्र देखि डेढ दर्जन भन्दा बढि लघु चलचित्र लेखन निर्देशन र अभिनय गरि सकेका छन् । शन्तले हङ्कु सिनेमा प्रलिको ब्यानरमा निर्माण भएको गाउले परिवेश मा आधारित बहुचर्चित हास्य टेलि चलचित्र अलपत्र को निर्देशन गरेका छन् उक्त टेलीचलचित्रमा गोथे नामक पात्रको भुमिकमा समेत उनलाई देख्न सकिन्न छ । पछिलो पटक हास्य कलाकार रेशमा तिमिल्सिना (बुनु मैचा) सँग रोमन्स गरेको प्रकाश वोझको स्वरमा   रहेको गित यसपाली मैले बेगरोउ भन्या निकै चर्चाको शिखरमा छ । एउटा राम्रो कलाकार भएर आफ्नो गाउँ ठाउको नाम राख्ने र आफ्नो ठाउँको सत्य तथ्य कुरालाई सिनेमा र नाटकको माध्यम बाट विश्वभरी पु¥याउने लक्ष्य बोकेका राईले आफ्नोे मातृभाषा बाट नाटक एकाङ्की कविता समेत लेख्दै आएका छन् । 

राई विभिन्न संघसंस्थामा समेत आवद्ध छन् । माउन्ट फायर थिएटर ग्रुप को सदस्य,नेपाल चलचित्र कलाकार सङको सदस्य तथा किरात राई चलचित्र महासघं नेपाल को आजिवन सदस्य,आदिवासी जनजाती चलचित्र महासघं केन्द्रीय निवर्तमान कोषाअध्यक्ष हुन् उनि  केहि समय अघि ओखलढुंगा स्थित सामुदायिक रेडियो आफ्नो एफ.एममा कार्यक्रम प्रस्तोता थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल