भीष्मराज ओझा/मङ्सिर ८, काठमाडौँ । मुलुकमै पहिलो पटक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजबाट विधिवतरुपमा छुट्टै कर्पोरेट शाखा स्थापना गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भीष्मराज ओझा/मङ्सिर ८, काठमाडौँ । मुलुकमै पहिलो पटक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजबाट विधिवतरुपमा छुट्टै कर्पोरेट शाखा स्थापना गरेको छ । 
२०८२, २५ फाल्गुन सोमबार
अर्थ/विकास

वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना

२०७३, ८ मंसिर बुधबार ०८:२७

भीष्मराज ओझा/मङ्सिर ८, काठमाडौँ । मुलुकमै पहिलो पटक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजबाट विधिवतरुपमा छुट्टै कर्पोरेट शाखा स्थापना गरेको छ । 

वाणिज्य बैंकले कर्जा कारोबार गर्ने ठूला संस्थागत ग्राहक, कूटनीतिक नियोग एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिलाई आकर्षित गरी बैंकको व्यवसाय प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई केन्द्रीय कार्यालय परिसर सिंहदरबारमा कर्पोरेट शाखा स्थापना गरेको हो । 

कर्पोरेट स्थापनापछि मुख्य शाखा कार्यालय तथा विभिन्न शाखा कार्यालयमा रहेका ठूला कर्जा ग्राहकले कर्पाेरेट शाखामार्फत एकीकृत सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । यसको कार्य क्षेत्रभित्र पर्ने तर अन्य शाखाबाट कारोबार गरिरहेका ग्राहकको खाता उनीहरुको सुविधाअनुरुप कर्पाेरेट शाखामा स्थानान्तरण गरिने प्रबन्धक विनयरमण पौडेलले जानकारी दिनुभयो । 

यस शाखामा रु एक करोड वा सोभन्दा माथिका व्यक्तिगत तथा रु पाँच करोड वा सोभन्दा माथिका संस्थागत निक्षेपकर्ता, कूटनीतिक नियोगको कुनै पनि निक्षेप, अन्तर्राष्ट्रिय गैससको निक्षेफ रु १० करोड तथा सोभन्दा माथिका कर्जाको ग्राहकलगायतले कारोबार गर्न सक्नेछन् । 

बैंकको केन्द्रीय कार्यालय परिसरमा आज शाखाको उद्घाटन र स्वर्ण जयन्ती स्मारकको अनावरण गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी स्वामित्वको यस बैंकले अन्य बैंक र वित्तीय संस्थालाई प्रेरणा दिने गरी काम गर्नुपर्ने बताउनुभयो । 

वाणिज्य बैंकले कर्जा र निक्षेपको सन्तुलन मिलाउँदै सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा सेवा विस्तारमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । “राष्ट्रिय वाणिज्य बंैकको ३० प्रतिशत सेयर जनतालाई दिने र यसमा एनआइडिसी बैंक गाभ्ने विषयलाई मैले गम्भीर रुपमा लिएको छु, यो काम छिट्टै अघि बढ्छ,” उपप्रधानमन्त्री महराले भन्नुभयो । बैंकको कर्मचारीको वृत्तिविकास गरी प्रतिष्पर्धी बनाउन तथा उत्पादकत्वमा वृद्धि ल्याउन उहाँको सुझाव थियो । 

विसं २०२२ माघ १० गते विशेष ऐनअन्तर्गत स्थापना भएको वाणिज्य बैंकको हाल ६७ जिल्लामा १७१ शाखा छन् । मुलुकभर दुई हजार ३५३ स्थायी कर्मचारी रहेको यस बैंकका २१ लाख ५४ हजार निक्षेपकर्जा तथा एक लाख ५३ हजार कर्जा ग्राहक रहेका छन् । 

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले विगतको तुलनामा वाणिज्य बैंकमा धेरै सुधार आएकोमा प्रशंसा गर्दै बैंकमा जम्मा भएको पँुजी बजारमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले बैंकको दिगो भविष्यका लागि जनताको स्वामित्व बढाउनुपर्ने र त्यसका लागि कम्तीमा ३० प्रतिशत सेयर वितरण गर्न जोड दिनुभयो । पैसा बजारमा नगएसम्म विकास नहुने उहाँको भनाइ थियो । “ब्याज खाएर बस्नुभन्दा केही जोखिम लिएर भए पनि लगानी बढाउनुस्, मुलुकमा लगानीका अपार सम्भावना छन्,” नेपालले भन्नुभयो । 

कृषि, ऊर्जा तथा विपन्न वर्ग क्षेत्र लगानी प्राथमिकतामा रहेको र त्यसमा कुल कर्जाको १३ प्रतिशत लगानी गरेको बैंकको तथ्याङ्क छ । हालै मात्र नेपाल प्रहरीमा कार्यरत सबैको तलब खाता खोल्ने सम्झौता गरी ६६ हजारखाता खोलिएको बैंकले जनाएको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष डा रवीन्द्रप्रसाद पाण्डेले बैंकले उपलब्ध साधन स्रोत र जनशक्तिलाई परिचालन गरी काम गरिहेको बताउँदै वाणिज्य बैंकले अन्य बैंकको तुलनामा राष्ट्रिय अर्थतन्त्रका सूचक वृद्धि हुने गरी काम गरिरहेको धारणा राख्नुभयो । 

आव २०५९/६० मा रु २२ अर्ब ऋणात्मक रहेको बैंकको सेयरधनी कोष आव २०७०/७१ मा रु एक अर्ब २७ करोडले धनात्मक हुँदै आव २०७२/७३ मा रु नौ अर्ब ३२ करोड पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

विसं २०७७ सम्ममा भारत र चीनमा शाखा विस्तार गर्ने, ग्राहक सङ्ख्या ३० लाख पु¥याउने र आव २०७४/७५ देखि सरकारलाई कम्तीमा १० प्रतिशत सेयरधनी लाभांश दिने गरी काम गरिरहेका उहाँको भनाइ थियो । 

उहाँले चालु आवभित्रमा मुलुकभित्र शाखा विस्तार सङ्ख्या १९५ र ग्राहक सङ्ख्या २५ लाख पु¥याउने तथा खुद मुनाफा रु ३ दशमलव ०७ अर्ब पुग्ने लक्ष्य रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो