आउँदो पुषमा हुने ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आउँदो पुषमा हुने ग"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाँउमा जाने विकासे रकम भलिबलमा

९ मंसिर २०७३, बिहीबार ११:३१

मंसिर ९, हुम्ला । सिमकोट गाउँ विकास समिति कार्यालयबाट गाँउमा जाने विकासे रकम जिल्ला स्तरिय भलिबल प्रतियोगितामा खर्च गर्ने खेल सूरु भएको छ ।

आउँदो पुषमा हुने गाउँ परिषदबाट अनुमोदन गर्ने गरी गाविसको खर्चमा जिल्लाका २३ वटा टिम प्रतियोगितामा सहभागि रहेका  छन । प्रति टिमका खेलाडीको खाना नास्ता, आवास, ड्रेस, टिम दर्ता र अन्य विधि खर्च समेत गाविसले गर्ने गरेका २७ गाविस भएको हुम्लामा २० गाविसका २३ वटा टिमले सहभागिता जनाएका छन । गएका वर्षमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागि भएबापत कम खर्च गर्ने टिमले १ लाख र बढी खर्च गर्ने टिमले ११ लाखसम्म गाविसको विकासे रकम खर्च गरेका छन ।

 गाउँ परिषदको निर्णय विपरित सदरमुकाममा खेलका नाममा लाखौको रकम खर्च गरेको भन्दै गाउँका राजनैतिक दलले समेत विरोध गरेपछि यो वर्ष प्रतियोगितामा केही मित व्ययीता अपनाउने गाविस मिमि रोडिकोट गाविस सचिव तुल्सरी भण्डारीले बताए ।

 गएको वर्षको बिजेता रोडिकोटले प्रतियोगितामा सहभागिता भएबापत गाविसको ११ लाख विकासे रकम  खर्च भएको बताए । सचिव भण्डारीले यस वर्ष कम गर्न आफूले सूरुमै खेलाडीलाई आग्रह गरेको बताए । 

एकातर्फ वर्षको एक पटक मात्रै आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन गाविसका खेलाडीले दवाव दिने अर्को तर्फ विकासे रकम खेलमा अनावश्यक खर्च गरेको भन्दै परिषदमा आफूले विभिन्न खाले दवाव झेल्नु पर्ने दोहोरो चपेटामा जिल्लाका गाविस सचिव परेको मिमिका गाविस सचिव सम्राटसिंह ठकुरीले बताए । 

खेलकुदको विकासका लागि प्रतियोगितामा सहभागिता जनाउनु राम्रो भएपनि गाविसको विकासे रकममा खेलको नाममा अनियमितता गर्नु राम्रो नभएको प्रतिक्रिया नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिजय भण्डारी (प्रतिरोधले)बताएका छन ।  ठेहे गाविसका स्थानीय वासिन्दा समेत रहेका भण्डारीले आफूले यस वर्ष ठेहेको टिमलाई ७५ हजारमा सिमित रहने भनेको भनाई छ । 

उता गाउँको विकासका लागि सरकारले दिएको अनुदान गाउँ परिषदको निर्णय विपरित खर्च गर्न नमिल्ने स्थानीय विकास अधिकारी बलदेश प्रसाद जोशीले बताए । गाउँ परिषदको निर्णयलाई मिचेर सचिवले कसरी रकम खर्च गरेका छन भन्ने बारेमा आफूले सोधखोज गर्ने  अधिकारी जोशीले  जानकारी दिए । यसका बारेमा छिट्टै गाविस सचिवको बैठक बोलाउने बताए । 

 हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरिय प्रतियोगितालाई  क्षेत्रिय खेलमा सहभागि हुने जिल्लाका खेलाडी छनोट गर्ने माध्यममा रुपमा समेत आफूले आयोजना गरेको आयोजक योङ्ग स्टार क्ल्वका अध्यक्ष बुद्धीबहादुर रोकायाले जानकारी दिए ।

 उनका अनुसार जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा सूरु भएको प्रतियोगिताले केही समयमा हुने क्षेत्रिय भलिवल प्रतियोगिताका लागि जिल्लाबाट ९ जना खेलाडी समेत छनोट गरिने छ । 

जिल्ला खेलकुद विकास समितिका संरक्षक समेत रहेका प्रमूख जिल््ला अकिकारी डा. कृष्णबहादुर घिमिरेले उद्घाटन गरेको प्रतियोगतामा  प्रथम हुने टिमलाई सिल््ड सहित ६० हजार नगद, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई २० र सान्त्वना हुनेलाई १० हजार नगदको पुरस्कारको व्यवस्था गरिएको आयोजक योङ्ग स्टार क्लव हुम्लाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो