मंसिर १०, काठमाडौं । शुक्रबार सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । आज सुन एकैदिन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ ।
बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । सुनको मूल्य गत जेठमा ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सुन मंसिर लागेयता लगातार घटिरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।