भारु नोटको मात्रै कारोबार हुने स्वराड क्षेत्र संकटमा

नरी बडु, मंसिर १० बैतडी ।
भारतीय सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिवन्द पछि भारु साट्न सुल्बुलाएका दलाहरुद्वारा श्रमिक ठगिने क्रम बढ्दै गएको छ ।

श्रमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारु नोटको मात्रै कारोबार हुने स्वराड क्षेत्र संकटमा

नरी बडु, मंसिर १० बैतडी ।
भारतीय सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिवन्द पछि भारु साट्न सुल्बुलाएका दलाहरुद्वारा श्रमिक ठगिने क्रम बढ्दै गएको छ ।

श्रमको "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारु साट्न सुल्बुलाएका दलालद्वारा श्रमिक ठगिदै

१० मंसिर २०७३, शुक्रबार ०६:५६

भारु नोटको मात्रै कारोबार हुने स्वराड क्षेत्र संकटमा

नरी बडु, मंसिर १० बैतडी ।
भारतीय सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिवन्द पछि भारु साट्न सुल्बुलाएका दलाहरुद्वारा श्रमिक ठगिने क्रम बढ्दै गएको छ ।

श्रमको लागि भारतका विभिन्न ठाँउमा रहेका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायत जिल्लाका श्रमिहरु फर्कने वेलामा कमाएको आधा रकम भारु साटीँदिएवाफत दलाललाई दिएर आधामात्रै रकम लिएर फर्किरहेका छन् ।

भारतीय दलालहरुले नेपाली श्रमिकले कमाएको भारु नोट साटेवाफत १० देखि ५० प्रतिशत सम्म कमिसन लिने गरेको भारतबाट रोजगारी गरेर घर  फर्किका विरेन्द्र धामिको भनाई छ ।

बैतडी जिल्लाको दुर्गम मानिने तल्लोस्वराड क्षेत्रमा भारु नोटको मात्रै कारोबार हुने भएकाले त्यस क्षेत्रका स्थानीय संकटमा परेका छन् । बैङ्कको पहुँचभन्दा निकै टाढा रहेका स्थानीय भारतमा श्रम गरेर कमाएको पैँसा घरमै थन्क्याउने गर्दछन् ।

अहिले उक्त क्षेत्रका प्रत्ये स्थानीयको घरमा १ लाख देखि ५ लाख रुपयाँ सम्म भारु नोटहरु छन् । “महिनौ सम्म मज्दुरी गरेर संञ्चित गरेको रकम नचल्ने भएपछि के गर्ने आधानै भएपनि चित्त बुझाउछौ” जिल्लाको दुर्गास्थानका करन लुहारले भने ।

सामान्य किनमेलको लागि समेत भारत जाने स्वराड क्षेत्रका स्थानीयले अहिले पालो पैँचो गरेर दैनिक खर्च धानिरहेका छन् । नेपालमा रोजगारी गर्ने बाहेक उक्त क्षेत्रका अरु कसैसंगपनि नेपाली नोट नहुने गरेको स्थानीय गजेन्द्र साउदले बताए ।

बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट रोजगारीका लागि भारत जाने युवाहरुले समते अहिले नेपाली रुपयाँको भारु बनाएवाफत २० प्रतिशसत सम्म कमिसन दिने गरेको स्थानीय तारा बडुले बताए ।

भारतबाट पेन्सन खानेहरुलाई भने त्यति मार्का परेको छैन् । “आठ महिना श्रम गरेर ८० हजार भारु लिएर आए तर नेपाल आउने वित्तिकै भारु नचल्ने खबर आयो अब आपल तरेको छ के गर्ने” दार्चुलाको बोहरीगाँउ गाविसका अमल जोशीले भने ।

“भारत सरकारले कालो धन नियन्त्रण गर्छु भन्ने नाममा हामिजस्ता श्रमिकहरुलाई संकटमा पार्यो” उनले दोहोर्याए । बैतडीको दार्चुला र दार्चुलाको धार्चुला नाका भएर भारतका विभिन्न अस्पतालहरुमा उपचारका लागि जाने विरामिहरु समेत दलालको फन्दामा छन् ।

विरामिको उपचार गर्न व्याजमा सापटी मागेर लगेको रमक साट्न फेरी दलाहरुलाई कमिसन दिनुपर्छ बैतडीको दुर्गास्थानका रमेस बडुले भने । नेपाली जनता यति संकटमा पर्दा समेत नेपाल सरकारले कुनै पहल चाल्न नसकेको स्थानीय श्रमिकहरुको गुनासो छ ।

“कि नेपाल सरकारले आफ्नो देशमा भारु नोटको प्रतिवन्ध नै लगाउनु पर्छ कि त यथासिघ्र भारु साट्ने व्यवस्था गरी मोटो कमिसन लिने दलाहरुलाई कारवाही गर्नुपर्छ” स्थानीय सुरेन्द्र भट्टले भने


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…