भारु नोटको मात्रै कारोबार हुने स्वराड क्षेत्र संकटमा

नरी बडु, मंसिर १० बैतडी ।
भारतीय सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिवन्द पछि भारु साट्न सुल्बुलाएका दलाहरुद्वारा श्रमिक ठगिने क्रम बढ्दै गएको छ ।

श्रमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारु नोटको मात्रै कारोबार हुने स्वराड क्षेत्र संकटमा

नरी बडु, मंसिर १० बैतडी ।
भारतीय सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिवन्द पछि भारु साट्न सुल्बुलाएका दलाहरुद्वारा श्रमिक ठगिने क्रम बढ्दै गएको छ ।

श्रमको "/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारु साट्न सुल्बुलाएका दलालद्वारा श्रमिक ठगिदै

२०७३, १० मंसिर शुक्रबार ०६:५६

भारु नोटको मात्रै कारोबार हुने स्वराड क्षेत्र संकटमा

नरी बडु, मंसिर १० बैतडी ।
भारतीय सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिवन्द पछि भारु साट्न सुल्बुलाएका दलाहरुद्वारा श्रमिक ठगिने क्रम बढ्दै गएको छ ।

श्रमको लागि भारतका विभिन्न ठाँउमा रहेका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायत जिल्लाका श्रमिहरु फर्कने वेलामा कमाएको आधा रकम भारु साटीँदिएवाफत दलाललाई दिएर आधामात्रै रकम लिएर फर्किरहेका छन् ।

भारतीय दलालहरुले नेपाली श्रमिकले कमाएको भारु नोट साटेवाफत १० देखि ५० प्रतिशत सम्म कमिसन लिने गरेको भारतबाट रोजगारी गरेर घर  फर्किका विरेन्द्र धामिको भनाई छ ।

बैतडी जिल्लाको दुर्गम मानिने तल्लोस्वराड क्षेत्रमा भारु नोटको मात्रै कारोबार हुने भएकाले त्यस क्षेत्रका स्थानीय संकटमा परेका छन् । बैङ्कको पहुँचभन्दा निकै टाढा रहेका स्थानीय भारतमा श्रम गरेर कमाएको पैँसा घरमै थन्क्याउने गर्दछन् ।

अहिले उक्त क्षेत्रका प्रत्ये स्थानीयको घरमा १ लाख देखि ५ लाख रुपयाँ सम्म भारु नोटहरु छन् । “महिनौ सम्म मज्दुरी गरेर संञ्चित गरेको रकम नचल्ने भएपछि के गर्ने आधानै भएपनि चित्त बुझाउछौ” जिल्लाको दुर्गास्थानका करन लुहारले भने ।

सामान्य किनमेलको लागि समेत भारत जाने स्वराड क्षेत्रका स्थानीयले अहिले पालो पैँचो गरेर दैनिक खर्च धानिरहेका छन् । नेपालमा रोजगारी गर्ने बाहेक उक्त क्षेत्रका अरु कसैसंगपनि नेपाली नोट नहुने गरेको स्थानीय गजेन्द्र साउदले बताए ।

बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट रोजगारीका लागि भारत जाने युवाहरुले समते अहिले नेपाली रुपयाँको भारु बनाएवाफत २० प्रतिशसत सम्म कमिसन दिने गरेको स्थानीय तारा बडुले बताए ।

भारतबाट पेन्सन खानेहरुलाई भने त्यति मार्का परेको छैन् । “आठ महिना श्रम गरेर ८० हजार भारु लिएर आए तर नेपाल आउने वित्तिकै भारु नचल्ने खबर आयो अब आपल तरेको छ के गर्ने” दार्चुलाको बोहरीगाँउ गाविसका अमल जोशीले भने ।

“भारत सरकारले कालो धन नियन्त्रण गर्छु भन्ने नाममा हामिजस्ता श्रमिकहरुलाई संकटमा पार्यो” उनले दोहोर्याए । बैतडीको दार्चुला र दार्चुलाको धार्चुला नाका भएर भारतका विभिन्न अस्पतालहरुमा उपचारका लागि जाने विरामिहरु समेत दलालको फन्दामा छन् ।

विरामिको उपचार गर्न व्याजमा सापटी मागेर लगेको रमक साट्न फेरी दलाहरुलाई कमिसन दिनुपर्छ बैतडीको दुर्गास्थानका रमेस बडुले भने । नेपाली जनता यति संकटमा पर्दा समेत नेपाल सरकारले कुनै पहल चाल्न नसकेको स्थानीय श्रमिकहरुको गुनासो छ ।

“कि नेपाल सरकारले आफ्नो देशमा भारु नोटको प्रतिवन्ध नै लगाउनु पर्छ कि त यथासिघ्र भारु साट्ने व्यवस्था गरी मोटो कमिसन लिने दलाहरुलाई कारवाही गर्नुपर्छ” स्थानीय सुरेन्द्र भट्टले भने


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु