पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकल"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा छिमेक लघुवित्त विकास बैंकले १५ औँ वार्षिक उत्सव मनायो

११ मंसिर २०७३, शनिबार १३:२५

पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकले वार्षिक उत्सवको अवसर पारेर फलफुल वितरण,दिपावली सहितका विभिन्न सामाजिक काम गरेको हो । शनिवार जिल्ला अस्पताल रुम्जाटारमा रहेका सबै बिरामी र बिरामीका कुरुवाहरुलाई फलफुल तथा जुस वितरण गरेको छ । 


जिल्ला स्वास्थ्य प्रमुख डा. प्रमोद कुमार यादव सहितका जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रुम्जाटारमामा कार्यरत डा. तथा स्थानिय सरोकारवाला, पत्रकार, सञ्चारकर्मी, छिमेक लघुवित्तका कर्मचारी,छिमेक लघुवित्तका सदस्यहरु लगाएतको उपस्थितीमा बिरामीहरुलाई सिघ्र स्वास्थ्यको कामना गर्दै फलफुल तथा जुस वितरण गरिएको छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालुका प्रबन्धक सन्तोष खनालले बताउनुभयो । लघुवित्तको उद्धेश्य र जिम्मेवारीसँगै अन्य सामाजिक कामहरु पनि विगत देखि गर्दै आएकाले यस वर्ष पनि यसलाई निरञ्तरता दिईएको उहाँको भनाई छ । 


फलफुल तथा जुस वितरण कार्यक्रम पश्चात जिल्ला स्वास्थ्य प्रमुख डा. प्रमोद कुमार यादवले छिमेक लघुवित्तलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । स्वास्थ्य र शिक्षाका क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उहाँले गरिब र विपन्न बस्तिका नागरिकको जिविकोपार्जन सुधारमा विशेष भूमिका खेल्न उहाँले छिमेक लघुवित्तलाई आग्रह गर्नुभयो । समुदायका अधिकांश नागरिकहरु गरिबीका कारण जिवनशैलीमा सुधार गर्न नसक्दा विभिन्न रोगको सिकार बन्न बाध्य हुनुपरेको भन्दै त्यो अवस्था सुधारगर्न लघुवित्तको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।


स्याउ,अण्डा,केरा,फ्रुटी लगाएतका फलफुल तथा जुस पाएपछि बिरामी र उनिहरुका आफन्तले अस्पतालको बेडमा रोगसँग लडिरहेको अवस्थामा सम्झीएको भन्दै खुसी व्यक्त गरेका थिए । छिमेक लघुवित्त विकास बैंकले वार्षिक उत्सवकै अवसरमा आईतबार र सोमबार दुई दिन सदस्यहरुका लागि बाख्रापालन तालिम सञ्चालन गर्ने जनाएको छ । २०७२ असारमा ओखलढुंगामा शाखा विस्तार गरेको छिमेक लघुवित्त विकास बैंकले जिल्लामा ४३ वटा केन्द्र निर्माण गरिसकेको छ ।

जिल्ला सदरमुकाम र आसपास तथा दुर्गमका समेत गरेर ४३ स्थानमा (केन्द्र)समुह निर्माण गरेको हो । शिक्षा तथा सरसफाई र कृषि तथा उत्पादनमुखी ऋण लगानी गर्दै आएको छिमेक लघुवित्तले ओखलढुंगामा ३ करोड,१६ लाख,७४ हजार लगानी गरिसकेको छ । भने ३३ लाख ३० हजार २ सय ९३ रुपैँया सदस्यहरुको बचत रहेको छिमेक लघुवित्त विकास बैंक ओखलढुंगाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…