२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको हुलासी सडक संगै विभिन्न सडकहरु कालेपत्रे हुने : सांसद खनाल

२०७३, १२ मंसिर आईतवार ०७:३४

 मंसिर १२, परासी । लामो समय देखि धुलोप्रदुषण र बाटोको समस्या झेल्दै आएका नवलपरासीका जनताहरु, अब हुने बाटोको विस्तार तथा कालोपत्रेले खुशी भएका छन् । जिल्लाको भौतिक पुर्वाधारको विकास गर्ने क्रममा जिल्लाका हुलासी, नहरबाटो तथा भित्री सडकहरु विस्तार एवं कालोपत्रे हुने भएपछि स्थायिन जनताहरु खुशी भएका हुन् । 

नेपाली कांग्रेसका नेता नवलपरासी क्षेत्र नं. ५ का सांसद एवं संसदीय दलका सदस्य विक्रम खनालले विकासको क्रमम पहिलो प्राथमिकता सडक सञ्जाललाई दिएको बताउनु भयो । सांसद खनालका अनुसार जिल्लाको मुख्य नाका महेशपुरदेखि पुर्वपश्चि राजमर्गमा जोडिने गरि वाईपास रोड, महेसपुरदेखि पञ्चनगरबाटोको निर्माण काम भैरहेको बताउनु भयो । करिब १२ करोडमा ठेक्का भएको सो बाईपास सडक कालोपत्रे हुने अवस्था समेत पुगी सकेको सांस्सद खनालले बतउनु भयो । 

त्यस्तै परासी सदरमुकाम देखि जमुनियाको नारायणचोकमा निस्किने १४ किलोमिटरको हुलासी बाटोपनि २५ करोडको स्टिमेटमा टेण्डर भई यसैबर्ष काम थालिने सांसद खनालले बताउनु भयो । उहाँका अनुसार अर्काे चिसापानी, मझौनी हुदै महेसपुर निस्किने भित्री सडकको पनि १५ करोडको स्टिमेट भईसकेको छ भने भुजहवा, सेमरी, दाउन्ने निस्किेन गरि १८ किलोमिटरको सडक ३ करोडको स्टिमेटमा टेण्डर भई निर्माण काम यसैवर्ष शुरु हुने बताउनु भयो । 

त्यस्तै अर्काे पुरानो हुलासी एवं नेपाली नहरको बाटो पुर्व त्रिवेणीधाम देखि पश्चिम सनई रुपन्देहिको सिमानामा जोडने बाटोको पनि विस्तारका लागि सरकारले ३२ करोडको रुपिया विनियोजन भई सकेको र पहिलो चरणमा ५ करोड रुपिया निकासा समेत भईसकेको नेता खनालले बताउनु भयो । भित्री सडक खण्ड मध्ये अर्काे महेसपुर, सुगौली, पिपरहिया हुदै राजमार्गमा जोडने १५ किलोमिटरको सडकका लागि ३.५ करोडक बजेट बिनियोजन भईसकेको छ भने अर्काे पंचनगर, जहदा, ज्यामिरेभार, दाउन्नेदेवी, रुपौलिया निस्किने २८ किलोमिटरको भित्री सडकका लागि २८ करोड रुपिया विजियोजन  भई कामको प्रारम्भका लागि ५ करोडको पहिलो किस्ता निकास समेत भईसकेको  छ ।  

 त्यस्तैै गेरमा, गेरमी हुदै क्षेत्र नं. ५ को क्षेत्रिय बाटोमा जोडिने सडक पनि विस्तार हुने लिस्टमा परिसकेको छ भने अर्काे हरपुरबाट पिपरहवा, मुडेरा हुदै सिस्वाको रिङ्गरोड जाडिने छ भने अर्काे पाल्ही, गाविस सडकलाई नेपाली नहरमा जोडिन काम समेत थालिएको बताइएको छ । 

जिल्लामा विस्तार एवं कालेपत्रे हुने ११ वटा सडकहरु मध्ये ६ वटा सडकको टेण्डर भईसकेको छ भने बाकी सडकहरुको टेण्डर प्रकृयामा रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा विस्तार हुने सबै सडको टेण्डर प्रकृया सकि निर्माण काम यसैवर्ष शुरु हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति