सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसच"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको विकासका लागि अर्थसचिव सुवेदीलाई स्मरण–पत्र हस्तान्तरण

१४ मंसिर २०७३, मंगलवार १२:१७

सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसचिव शान्तराज सुवेदीलाई स्मरण–पत्र बुझाएका छन् । 

स्वःबुवा लोकमणी सुवेदीको निधन पश्चात् काजक्रिया गर्न गृह जिल्ला दाङ देउखुरीको गढवा आएका अर्थसचिव सुवेदीलाई स्थानियहरुले देउखुरीको विकासका लागि ध्यानकेन्द्रित गराएका हुन् । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोखे्रलको नेतृत्वमा बुझाईएको सो स्मरण–पत्रमा बहुप्रतिक्षत लमही–कोईलाबास सडक कालोपत्रे, कालाकाटे सिक्टा सडकको बाँकी रहेको २३ किमी भागको  टे«याक खोल्न र सो सडकको स्तरोन्नति गर्न तथा राप्ती नदीको दुबै किनारमा दिर्घकालीन गुरुयोजना सहितको तटबन्धन एवं देउखुरी क्षेत्रका सबैजसो खहरेखोलाको कटान नियन्त्रणका लागि क्रमागत बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराएका हुन् । 

स्मरण पत्रमा गढवा बहुमुखी क्याम्पसको जग्गा दर्ता तथा भौतिक सहयोग गर्न, गढवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्न र देउखुरीमा स्थापना गर्ने भनिएको एकिकृत सेवा केन्द्र तत्काल स्थापना गर्न अनुरोध गरिएको छ । त्यसैगरी निर्माणधिन बड्कापथ सिंचाई परियोजनाको पुरानो सर्भे अनुसार काम नभएर नहरको बाँध साँघुरो बनाईएकोमा पनि ध्यानाकर्षण गराईएको थियो । मागपत्र बुझ्दै सचिव सुवेदीले दाङ देउखुरी र समग्र राप्तीको विकास निर्माणका लागि स्टिमेट सहितको प्रस्ताव लिएर केन्द्रमा आएमा अर्थमन्त्री संग सहकार्य तथा परामर्श गरेर मुख्य मागहरु संबोधन गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…