सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसच"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको विकासका लागि अर्थसचिव सुवेदीलाई स्मरण–पत्र हस्तान्तरण

२०७३, १४ मंसिर मंगलवार १२:१७

सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसचिव शान्तराज सुवेदीलाई स्मरण–पत्र बुझाएका छन् । 

स्वःबुवा लोकमणी सुवेदीको निधन पश्चात् काजक्रिया गर्न गृह जिल्ला दाङ देउखुरीको गढवा आएका अर्थसचिव सुवेदीलाई स्थानियहरुले देउखुरीको विकासका लागि ध्यानकेन्द्रित गराएका हुन् । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोखे्रलको नेतृत्वमा बुझाईएको सो स्मरण–पत्रमा बहुप्रतिक्षत लमही–कोईलाबास सडक कालोपत्रे, कालाकाटे सिक्टा सडकको बाँकी रहेको २३ किमी भागको  टे«याक खोल्न र सो सडकको स्तरोन्नति गर्न तथा राप्ती नदीको दुबै किनारमा दिर्घकालीन गुरुयोजना सहितको तटबन्धन एवं देउखुरी क्षेत्रका सबैजसो खहरेखोलाको कटान नियन्त्रणका लागि क्रमागत बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराएका हुन् । 

स्मरण पत्रमा गढवा बहुमुखी क्याम्पसको जग्गा दर्ता तथा भौतिक सहयोग गर्न, गढवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्न र देउखुरीमा स्थापना गर्ने भनिएको एकिकृत सेवा केन्द्र तत्काल स्थापना गर्न अनुरोध गरिएको छ । त्यसैगरी निर्माणधिन बड्कापथ सिंचाई परियोजनाको पुरानो सर्भे अनुसार काम नभएर नहरको बाँध साँघुरो बनाईएकोमा पनि ध्यानाकर्षण गराईएको थियो । मागपत्र बुझ्दै सचिव सुवेदीले दाङ देउखुरी र समग्र राप्तीको विकास निर्माणका लागि स्टिमेट सहितको प्रस्ताव लिएर केन्द्रमा आएमा अर्थमन्त्री संग सहकार्य तथा परामर्श गरेर मुख्य मागहरु संबोधन गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो