मङ्सिर १५, काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन ।

टावर निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन ।

टावर निर्"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौं टावर योजनामा मात्रै

२०७३, १५ मंसिर बुधबार ०६:२३


मङ्सिर १५, काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन ।

टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकावीच कुरा नमिल्दा टावर निर्माण हुन नसकेको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार विसं २०७२ मा गएको भूकम्प अघिनै टावर निर्माणका लागि सम्झौता भएको तर भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भएपछि ठेकेदारसँग कुरा नमिल्दा टावर निर्माणको काम अघि बढ्न नसकेको हो ।

‘‘ठेकेदारसँग भूकम्पअघि २९ तलाको बनाउने सहमति भएको थियो’’, उनले भने– ‘‘भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियमविपरीत हुने देखियो । १२ तल्लाको बनाउने कुरा भयो । अनि ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसार निर्माणको काम गर्न नपाउँदा निर्माणको काममा समस्या आएको हो ।’’

उक्त टावर महानगरपालिकासँग जलेश्वर स्वछन्द विकोइले बनाउने सम्झौता गरेको थियो । राजस्व महाशाखाका प्रमुख काफ्लेले टावरलाई पहिलेकै संरचनाअनुसार २९ तलाको बनाउन प्रयास भइरहेको पनि जानकारी गराए ।

नेपाली कला र संस्कृति झल्कने गरी बनाउने योजना रहेको उक्त टावरको भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ जसमध्ये ४० प्रतिशत भूभागमा भवन बन्नेछ भने ६० प्रतिशत खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछन् ।

बाह्र तलामात्र बनाउने भएपछि अन्य कम्प्लेक्स सरह राजस्व तिर्न पाउनुपर्ने माग ठेकेदार कम्पनीले गर्दै आएको छ । १२ तलाको बनाएर भाडा उठाउँदा महानगरलाई तिर्दैमा ठिक्क हुने र आफूलाई कुनै फाइदा नहुने कम्पनीले गुनासो गर्दै २९ तलाको नै बनाउन पाउनुपर्ने माग राख्दै आएको छ ।

काफ्लेका अनुसार कम्पनीले नक्सा पासका लागि एक करोड तिरिसकेको छ । भ्यू टावर बनाउने भन्दै गत वैशाखमा बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो ।

सहमति भएको लामो समयसम्म पनि निर्माणको काम सुरु हुन नसक्दा कहिले राजनीतिक हस्तक्षेप त कहिले महानगरले असक्षम कम्पनीलाई भ्यू टावर बनाउन दिएको आरोप पनि कामपाले खेप्दै आएको छ ।

महानगरले सम्झौता गर्नुअघि सबै कागजात जाँच गरेर मात्र काम अघि बढाएकाले कुनै पनि कुराले कम्पनी कमजोर देखिँदैन, प्रमुख काफ्लेले प्रष्ट पारे । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेस्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ ।

काठमाडौँ महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । नक्सा पास गरेको दुई वर्षसम्म पनि काम सुरु नगरेमात्रै जिम्मा दिने संस्थाले निर्माणको जिम्मा लिएको संस्थालाई कारबाहीको प्रक्रिया अघि बढाउन मिल्ने प्रावधान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल