कमल रावल/मङ्सिर १५, अछाम । जिल्ला बिकास समिती अछामबाट आर्थिक बर्ष २०७२।०७३ बाट विनियोजित बजेटको प्रभावकारीताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मङ्सिर १५, अछाम । जिल्ला बिकास समिती अछामबाट आर्थिक बर्ष २०७२।०७३ बाट विनियोजित बजेटको प्रभावकारीताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भए"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बजेटको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई

१५ मंसिर २०७३, बुधबार १०:०९


कमल रावल/मङ्सिर १५, अछाम । जिल्ला बिकास समिती अछामबाट आर्थिक बर्ष २०७२।०७३ बाट विनियोजित बजेटको प्रभावकारीताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

जिविसबाट चालु तथा पुँजिगत क्षेत्रमा विनियोजत बजेटबाट उपलब्धि के हासिल भए आगामि दिनमा सुधार गर्न सकिने कमीकमजोरिका बिषयमा ब्यापक छलफल गरिएको थियो । छलफल कार्यक्रममा बोल्दै जिल्ला विकास समिती अछामका सामाजिक विकास अधिकृत खडक विष्टले जिविसबाट विकास निर्माण र लक्षित वर्गको क्षेत्रमा विनियोजित ९० प्रतिशत रकम सबै खर्च भएको जानकारी दिनु भयो । आर्थिक वर्ष २०७२।०७३ को बजेटमा बाट थुप्रै उपलब्धी दखिएको बताउनु भयो । 

बिशेषगरि लक्षित वर्ग महिला, दलित, अपाँग, वालावालिका, जनजातिका, अल्पसख्यक लगाएतको क्षेत्रमा विनियोजित रुपमै उनिहरुकै क्षेत्रमै खर्च भएको जानकारी दिनु भयो । आगामि दिनमा यसको सहि सदुपयोगका लागि जिविस एक्लै अनुगमन गर्न नसक्ने भएकाले सबै सरोकारवालाले यसको खबरदारि गरिरहनु पर्नेमा जोड दिनु भयो । 

छलफल कार्यक्रममा बोल्दै नेपाली काग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगाना, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सरिता उपाध्याय, नेकपा माओवादि केन्द्रका जिल्ला सदस्य दिपक रोकामगरले आगामि दिनमा जुन जुन क्षेत्रका लागि आएको बजेट हो त्यही क्षेत्रमा खर्च गरााउनका लागि नियमित खबरदारि गरिरहने प्रतिबद्धता जनाएका थिए । जिल्ला, क्षेत्र, ईलाका तथा गाबिस सम्म जाने बजेट सही सदुपयोगका लागि आफना आफना कार्यकर्तालाई निर्देशन दिने बताएका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा महिला क्षेत्रको अन्तरपार्टी महिला संञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, अपाग उत्थान समुह अछामका अध्यक्ष जँग विक, दलित अधिकारकर्मि कम्मान नगार्जिले आफनो क्षेत्रमा विनियोजित बजेटको प्रभावकारिताको बारेमा जानकारी गराएका थिए ।  

मालिका बिकास संघको आयोजना, फियान नेपालको प्राविधिक सहयोग तथा जिल्ला विकास समितीको समन्वय र रेडियो रामारोशनको सहजिकरणमा भएको छलफल कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका टेक बहादुर थापाले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला