१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदुरपश्चिममै पहिलो दार्चुलामा खर्क विकास कार्यक्रम लागु

१६ मंसिर २०७३, बिहीबार ०४:१०

पंकज धामी | मङ्सिर १६, दार्चुला | नेपाल सरकार पशुपंक्षि विकास मन्त्रालय अन्तरगत जिल्ला पशु सेवा कार्यालय दार्चुला मार्फत सञ्चालन हुने खर्क विकास एवं संरक्षण कार्यक्रम चालु आर्थिक बर्षबाट सुदुरपश्चिमको दार्चुला जिल्लामा लागु हुने भएको छ । 

नेपाल सरकारको पाँच बर्षे रणनीतिक योजना अनुसार चालु आर्थिक बर्षमा ४७ लाख ३० हजारको बजेटबाट कार्यक्रम पहिलो बर्षमा लागु हुन लागेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका बरिष्ट पशु चिकित्सक बसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा दार्चुलाको अपि नगरपालिका १४ मसिनिमा रहेका झण्डै २ सय ५० खर्चहरुको संरक्षण एवं विकास गर्नका लागि चालु आर्थिक बर्षमा रैथाने खर्कवालाहरुको ज्ञान र सीप विकास गर्दै चरन क्षेत्र संरक्षण संगै पशुपालक कृषकहरुलाई व्यवसायिक बनाउन कार्यक्रम गर्न लागिएको हो । 

नेपाल सरकारले जारी गरेको खर्क नीति २०६८ अनुसार खर्क विकास कार्यक्रम लागु गरी गरीबी न्युनिकरण तथा उत्पादन बृद्धि गरी कृषकहरुलाई व्यवसायमा सजिलो गर्नु तथा बजारीकरणमा सहयोग गर्न पनि कार्यक्रमले सहयोग पुग्ने उद्देश्यले नेपाल सरकारले खर्क विकास कार्यक्रम सुरु गरेको डा. सिहंको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु