२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदुरपश्चिममै पहिलो दार्चुलामा खर्क विकास कार्यक्रम लागु

२०७३, १६ मंसिर बिहीबार ०४:१०

पंकज धामी | मङ्सिर १६, दार्चुला | नेपाल सरकार पशुपंक्षि विकास मन्त्रालय अन्तरगत जिल्ला पशु सेवा कार्यालय दार्चुला मार्फत सञ्चालन हुने खर्क विकास एवं संरक्षण कार्यक्रम चालु आर्थिक बर्षबाट सुदुरपश्चिमको दार्चुला जिल्लामा लागु हुने भएको छ । 

नेपाल सरकारको पाँच बर्षे रणनीतिक योजना अनुसार चालु आर्थिक बर्षमा ४७ लाख ३० हजारको बजेटबाट कार्यक्रम पहिलो बर्षमा लागु हुन लागेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका बरिष्ट पशु चिकित्सक बसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा दार्चुलाको अपि नगरपालिका १४ मसिनिमा रहेका झण्डै २ सय ५० खर्चहरुको संरक्षण एवं विकास गर्नका लागि चालु आर्थिक बर्षमा रैथाने खर्कवालाहरुको ज्ञान र सीप विकास गर्दै चरन क्षेत्र संरक्षण संगै पशुपालक कृषकहरुलाई व्यवसायिक बनाउन कार्यक्रम गर्न लागिएको हो । 

नेपाल सरकारले जारी गरेको खर्क नीति २०६८ अनुसार खर्क विकास कार्यक्रम लागु गरी गरीबी न्युनिकरण तथा उत्पादन बृद्धि गरी कृषकहरुलाई व्यवसायमा सजिलो गर्नु तथा बजारीकरणमा सहयोग गर्न पनि कार्यक्रमले सहयोग पुग्ने उद्देश्यले नेपाल सरकारले खर्क विकास कार्यक्रम सुरु गरेको डा. सिहंको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति